हमाल दम्पतीको अभिनय रहेको भिडियो सार्वजनिक (भिडियो)

बैशाख ११ – महानायक राजेश हमाल र पत्नी मधु भट्टराईले पहिलो पटक स्क्रिन शेयर गरेको भिडियो सार्वजनिक भएको छ । रियल लाइफका श्रीमान श्रीमतीले अभिनय गरेको ‘जिन्दगी’ बोलको गीत सार्वजनिक भएको हो ।
भिडियोमा रियल लाइफको जोडीलाई निकै सुन्दर देखिएको छ । गीतमा सुनिल सिंह ठकुरीको आवाज रहेको छ भने उनकै संगीत रहेको छ । गीतमा देवी श्रेष्ठको शब्द रहेको छ ।दशरथ सुनारको निर्देशन गरेको गीतको भिडियोलाई उत्सव दाहालको छायांकन गरेका हुन् भने विकास दाहालको सम्पादन गरेका हुन् ।
https://www.youtube.com/watch?v=G-BeSZbB728


तपाइँको प्रतिक्रिया