एपिएफलाई हराउदै बरुवा माडी गोल्डकपको सेमिफाइनलमा

माडी, बैशाख ११ – स्टार स्पोर्टस् क्लब बरुवा माडीको बसन्तपुरमा जारी माडी गोल्डकप फुटबल प्रतियाोगिता सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बुधवार सम्पन्न खेलमा शसस्त्र प्रहरीको टोलीलाई ३–० गोल अन्तरले पराजित गर्दै बरुवाले सेमिफाइनलमा स्थान बनाएको हो । खेलको म्यान अफ द म्याच नितिन श्रेष्ठ भए । ।
प्रतियोगिता अन्तरगत बिहीबारबाट सेमीफाइनल चरणका खेलहरु शुरु हुनेछन् । सेमिफाइनल चरणको पहिलो खेल रामपुर फुटबल क्लब रामपुर र ठोरी स्पोर्टस क्लब पर्सा भिड्ने आयोजकले जानकारी दिएको छ । बसन्तपुर युनाइटेड क्लबको आयोजनामा जारी प्रतियोगिताको बिजेताले रु २ लाख तथा उपबिजेताले १ लाख सहित ट्रफी प्राप्त गर्नेछन् ।
तपाइँको प्रतिक्रिया