आठौँ राष्ट्रिय खेलकुद : ८९ पदक हात पार्दै आर्मी प्रथम

बाँके, बैशाख ११ – आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा बिभागीय टोली त्रिभुवन आर्मी प्रथम भएको छ । आर्मी एक सय ४० स्वर्ण, १ रजत र ६८ काश्यसहित दुई सय ८९ पदक हात पार्दै प्रथम भएको हो ।
६२ स्वर्ण, ४९ रजत र ४६ काश्यसहित कुल एक सय ५७ पदक जितेको अर्को बिभागीय टोली नेपाल पुलिस दोस्रो भएको छ भने ५३ स्वर्ण, ६९ रजत र ८१ काश्य पदकसहित २०३ पदक जित्दै सशस्त्र प्रहरीको एपीएफले तेस्रो भएको छ । यस्तै प्रदेश तीन २२ स्वर्ण, ४० रजत र ६० काश्य पदकका साथ चौथो हुँदा ।
पाँचौ स्थान हात पारेको गण्डकी प्रदेशले १२ स्वर्ण, २१ रजत र ४४ काश्य सहित ७७ पदक जितेको छ । सुदूरपश्चिम प्रदशले ८ स्वर्ण, १२ रजत र ३४ काश्य गरी ५४ पदक जित्न सफल भयो । प्रदेश एकले ९ स्वर्ण, २० रजत र ५९ काश्य जित्यो । प्रदेश दुई र एनआरएनले समान ६–६ स्वर्ण हात जितेको छ ।विजेता टिम तथा खेलाडीलाई कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनलगायतले ट्रफी प्रदान गरे ।


तपाइँको प्रतिक्रिया