लगातार दोस्रो जित पार्दै नेपाल सेमिफाइनलमा

बैशाख ११ – लगातार दोस्रो जित हात पार्दै नेपाल एसीसी यू-१६ रिजन च्याम्पियनशिपको सेमिफाइनलमा प्रवेश गरेको छ । च्याम्पियनशिप अन्तर्गत बुधवार सम्पन्न खेलमा दोस्रो जित हात पार्ने क्रममा नेपालले मलेसियालाई ३९ रन पराजित गर्यो ।
नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको मलेसिया ३३.२ ओभरमा १०२ रनमै अल आउट भए पछी नेपाल ३९ रनले बिजयी भएको हो । मलेसियाका लागि शर्वेन शुरेन्द्रनले ४६ रन बनाए पनि अन्य हार भने टार्न सकेनन् । उनको ४६ बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन बिर्सनलायक रह्यो । वान अहमदले १७ रन बनाए । नेपालका लागि रमेश कुर्मी,तिलक राज भण्डारी र प्रसान्त महतले समान २ विकेट लिए ।
त्यस अघी टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ३४.५ ओभरमा अल आउट हुँदै १ सय ४१ रन बनाएको थियो । नेपालका लागि अइस भट्टराइले ३४ तथा कप्तान विशाल विक्रम केसीले २४ रन बनाए ।ओपनरद्वय दीपक बोहोरा र अर्जुन कुमाल समान १६–१६ रनमा पेभेलियन फर्किएका थिए ।
निखिल कुमार सिंहले १२ र सुवास ऐरले ११ रन जोडे । मलेसियाका लागि सिद्धार्थ कार्तिकले ४ विकेट लिए भने लोकमान नुर र सचिनुले समान २ लिए । यस्तै मोहम्मद अकमल अलिफ र मोहम्मद इमरुल असर्राफले एक विकेट हात पारे ।नेपालले यस अघी पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो ।
तपाइँको प्रतिक्रिया