हरर जनरामा बनेको ‘कठपुतली’ को पोस्टर सार्वजनिक

बैशाख ११ – हरर जनराको नेपाली चलचित्र ‘कठपुतली’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । पृथ्वी राना प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको बुधवार फस्टलुक सार्वजनिक भएको छ ।सार्वजनिक पोस्टरले चलचित्रको हरर थिमलाई प्रष्टाएको छ ।
चलचित्रमा निर्दोष चेलीको बलात्कार र हत्या हुने घटनाबाट आजित महिलाहरुले मृत्युपरान्त लिने बदलाको कथा रहेको छ । राजाको दरबार भित्र हुने क्रियाकलापलाई काल्पनिक रुपमा यो चलचित्रमा प्रस्तुत गरिएको निर्माण टिमको भनाई छ । यस चलचित्रमा पृथ्वीराना मगरले लगानी गरेका छन् भने चलचित्र लेखक सम्पदा मल्ल कार्यकारी निर्माता समेत हुन् ।
भिमसेन लामाले निर्देशन गर्ने यो चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुबर्ण थापालगायतको अभिनय रहेको छ । चलचित्रको प्रदर्शन मिती भने तय भएको छैन ।


तपाइँको प्रतिक्रिया