‘प्रेम गीत ३’ बाट निर्देशनमा डेब्यु गर्दै सेन, चैत्र २८ मा हुनेछ प्रदर्शन

बैशाख ११ – सुपर हिट चलचित्र ‘प्रेम गीत’ को तेस्रो सिक्वेल ‘प्रेम गीत’ निर्माण घोषणा भएको छ । चलचित्रका निर्माता सन्तोष सेनले सामाजिक सन्जाल मार्फत ‘प्रेम गीत’ ३ को निर्माण घोषणा गरेका हुन् ।
‘प्रेम गीत’ र ‘प्रेम गीत २’ को अपार सफलता पछी निर्माण हुन लागेको ‘प्रेम गीत ३’ लाई छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्माण गर्नेछन् । यही चलचित्रबाट निर्माता सेनले निर्देशनमा पनि हात हाल्न लागेका हुन् ।
यस्तै चलचित्रको प्रदर्शन मिती समेत घोषणा भएको छ । बुधवार चलचित्रको फर्स्ट लुक सार्वजनिक गर्दै निर्माता तथा निर्देशक सेनले यो बर्षको चैत्र २८ लाई प्रदर्शन मिती लक गरेका छन् । सार्वजनिक पोस्टरले ‘प्रेम गीत ३’ मा पिरियड ड्रामा रहने प्रष्ट पार्दछ ।
चलचित्रमा ‘प्रेम गीत’ सिरिजका नायक प्रदिप खड्का नै रहनेछन् । चलचित्रमा निती शाह प्रदिपको अपोजिटमा रहनेछिन् । यस अघी ‘प्रेम गीत’ मा पूजा शर्मा तथा ‘प्रेम गीत २’ मा अश्लेषा ठकुरी प्रदिपको अपोजिटमा रहेकी थिईन् । यद्दपी निर्माता तथा निर्देशक सेनले भने केही दिनमा चलचित्रको कलाकारहरु बारे अधिकारीक जानकारी दिने बताएका छन् । उनले चलचित्रको लोकेसन र कास्टिङ लाइन अप सबै फाइनल भईसकेको बताएका छन् । सेनले ‘प्रेम गीत’ को अघिल्लो २ सिरिज जस्तै यसलाई पनि दर्शकहरुले माया गर्ने विश्वास ब्यक्त गरेका छन् ।
तपाइँको प्रतिक्रिया