किशोरीलाई बलात्कार गरेको अरोपमा एक युवक पक्राउ

काभ्रेपलाञ्चोक, वैशाख ११ – पन्ध्रवर्षे किशोरीलाई बलात्कार गरेको अरोपमा मण्डन देउपुर नगरपालिका–३ नयाँगाउँका एक युवक पक्राउ परेका छन् । आफन्तको छोरी घरमा आएको मौका पारी गत चैत २९ गते राति एक्लै सुतिरहेको अवस्थामा जबर्जस्ती करणी गर्ने १९ वर्षीय राज बजगाईंलाई मङ्गलबार राति उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानुकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया