तीनैतहकै सरकारको सहकार्यबाट मात्र समृद्धि सम्भव

सूर्यप्रसाद अधिकारी, बैशाख ११, चितवन । सरकारले ल्याएको समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक तुल्याउन तीनतहक्रै सरकारको सहकार्यबाट मात्रै सम्भव हुने जनप्रतिनिधिहरुले बताएका छन ।
आज भरतपुरमा एभिन्युज टेलिभिजनले आयोजना गरेको ‘समृद्धि सपना, प्रादेशिक विकास बहस’ बिषयक अन्र्तक्रिया कार्यक्रममा उनीहरुले तीनतहको सरकारसंँगको सहकार्यबाट मात्र समृद्धिको सपना पुरा हुने बताएका हुन ।
प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री कैलाश प्रसाद ढुंगेलले ्रदेश नम्बर ३ कृषि, पर्यटन र जलविद्युतको हब भएको भन्दैे सरकारले उत्पादनमा बृद्धि गर्न बिशेष योजना ल्याउन लागेको जानकारी दिनु भयो । ‘प्रदेश नम्बर ३ को सिन्धुली र चितवन जिल्लालाई हामीले औद्योगिक विकास केन्द्र बनाउने गृहकार्यमा छौं’ उहांँले भन्नुभयो । नीजि क्षेत्रलाई संँगै नलगी समृद्धि प्राप्त नहुने भन्दै उहांँले उद्योगीमैत्री, युवामैत्री कानुन ल्याउन लागेको बताउनु भयो । खरीद ऐन शंशोधन गर्ने कार्य भर्खर शुरु भएको बताउंँदै उहांँले उद्योगी व्यवसायीलाई ढुक्क भएर काम गर्न आग्रह गर्नुभयो ।
समृद्धिको लागि तीन तहका सरकार सक्रिय रहेको भन्दै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले जनताको इच्छा र भावना बमोजिम नै विकासलाई अगाडि बढाउनु पर्ने बताउनु भयो । ‘जनताको तीब्र विकासको चाहानालाई गुणात्मक रुपमा लैजान नसकेपनि केही हदसम्म पुरा गरेका छौं ’उहांँले भन्नुभयो ।
हाल महानगरपािलकाले सडक पूर्वाधारमा जोड दिएको जानकारी दिदै उहांँले महानगरले सन्तुलित एवं दिगो विकासको परिकल्पना गरेको बताउनु भयो । तीन तहको सरकारको सहकार्य र समन्वयबाट समृद्धि सम्भव हुने बताउंँदै उहांँले भू–पउपयोग नीतिलाई पनि वैज्ञानिक र व्यवहारिक रुपमा सुधार गदै्र्र लैजाने बताउनु भयो । रत्ननगरनगरपालिकाका प्रमुख नारायण वनले पिछडिएका वर्गलाई माथि नकासेसम्म देशमा समृद्धि नआउने भन्दै यस्ता वर्गलाई स्वरोजगारका दिने खालका कार्यहरु नगरपालिकाले गनए लागेको बताउनु भयो । माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसादले शिक्षा र स्वास्थ्य एवं कृषिलाई प्राथमिकतामा राखे मात्रै समृद्धिको खाका कोर्न सकिने बताउनु भयो, हरेक उत्पादनमुलक काममा उद्योगी व्यवसायीको उत्तिकै हात रहने हुंँदा स्थानीय सरकार नीजि क्षेत्रसंँग सहकार्य गर्न तयार रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाल परिसंघका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले सरकारले समृद्धिको सपनालाई व्यहारमा उतार्नुपर्ने , नीजि क्षेत्रलाई यस कार्यमा सहकार्य गर्न आवश्यक रहेको बताउनु भयो । ‘जबसम्म कृषि उत्पादन र औद्योगिक उत्पादनलाई प्राथमिकतामा राखिदैन, तब सम्म हामीले देखेको समृद्धि असम्भव छ , उहांँले भन्नुभयो । उद्योगसम्बन्धी २६ वटा कानुनमा परिवर्तन गर्नुपर्ने भन्दै उहांँले नियमावली र कानुन निर्माणको काम चांँडो हुनुपर्ने बताउनु भयो ।
उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ३ का उपाध्यक्ष राजन गौतमले सरकारको नीति उत्पादनमुलक क्षेत्रमा लक्षित हुनुपर्ने भन्दै स्थानबिशेषका उत्पादनहरुलाई स्थानान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । सरकारले उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन नभएको भन्दै उहांँले ऋणमा सहजता र उत्पादित वस्तुको मुल्य निश्चित हुनुपर्ने बताउनु भयो ।
सो अवसरमा बोल्दै उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष सहनलाल प्रधानले तीनतहको सरकारबाट उद्योगी व्यवसायीले केही आशा गरेको भएपनि अझैपनि पर्ख र हेरको अवस्थामा आफूहरु रहेको बताउनु भयो । ‘अझैपनि लगानीको वातावरण बनिसकेको छैनौ, अझैपनि सरकार कानुन निर्माण र कार्यान्वयनमा अलमल छ’ उहांँले भन्नुभयो । प्रदेश नम्बर ३ कृषि र पर्यटनको भरपुर सभावना रहेको हुंँदा कृषि उतपादनलाई प्रतिस्पर्धी गर्ने नीति ल्याउन आवश्यक रहेको उहांँले बताउनु भयो । चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेलले सरकारका प्रकृयागत कमजोरीलाई सुधार्नुपर्ने र पुराना कानुन खारेजी गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा अन्य उद्योगी, व्यवसायी किसानले , नीतिगत भ्रष्टाचार हाबी भएको ,यूवालक्षित कार्यक्रम नभएको , विदेश जाने युवाशक्ति रोक्नुपर्ने , आयातित कच्चा पदार्थको भन्सार नीति खुकुलो बनाउनु पर्ने,उत्पादित वस्तुहरुको वजार व्यवस्थापन गर्नुपर्ने लगायतका धारणा राखेका थिए । कार्यक्रममा विभिन्न स्थानीय जनप्रतिनिधि , प्रदेश सांसद, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कार्यक्रम एभिन्यूज नेटवर्क प्रालिका भाष्करराज कर्णिकारको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तपाइँको प्रतिक्रिया