विडम्वना : हजुरबुबाकाे अाँखै अगाडि नातीलाई लग्यो …..

रामेछाप, वैशाख ११ – दोरम्बा गाउँपालिका-३ टोकपुरस्थित निगुरेमा आएको बाढीले बगाएर एक बालकको मृत्यु भएको छ । मंगलबार स्थानीय भीमसेन खोलामा आएको बाढीले ११ वर्षीय अनिष श्रेष्ठलाई बगाएको हो । खोला तर्ने क्रममा अचानक आएको बाढीले उनलाई बगाएको थियो ।
उनीसँगै हजुरबुबा भीमसेनलाई पनि बगाएको थियो । हजुरबुवा भने करिब ५० मिटर तल पुगेर निस्किएका थिए ।अनिष धन्यश्वरी आधारभूत विद्यालय निगुरेमा कक्षा ५ मा अध्ययनरत छात्र भएको विद्यालयका शिक्षक तेज नगरकोटीले जानकारी दिए । यसवर्ष रामेछापमा वैशाख महिना लागेसँगै मुसलधारे खण्डवृष्टि भइरहेको छ ।
तपाइँको प्रतिक्रिया