राष्ट्रपतिको उडानका लागि ४० मिनेट अन्य बिमान होल्ड

काठमाडौं, बैशाख ११ – राष्ट्रपति विद्यादेवी भण्डारीको चीन उडानका कारण त्रिभुवन विमानस्थलको अन्य उडान चालिस मिनेट ठप्प भएका छन्।बिहान १०ः४५ देखि विमानस्थलमा नोटाम(नोटिस टु एइर म्यान) चालिस मिनेटका लागि जारी भएको विमानस्थलका प्रवक्ता प्रताप तिवारीले जानकारी दिए। यद्यपी राष्ट्रपतिको चार्टड उडान अहिलेसम्म भएको छैन। भिभिआइपी उडानको समयमा विमानस्थलमा यस्तो सूचना जारी गरिन्छ।
जसका लागि अन्य सबै उडान स्थगन वा होल्ड गरिन्छ। यसरी विमानस्थल ठप्प हुँदा कैयौं उडान अवतरण होल्ड भएका छन्।त्यस्तै सिचुआन एयरलाइन्सको जहाज ल्हासा नै फर्काइएको छ। आन्तरिक उडानहरू डिले भएका छन्।
तपाइँको प्रतिक्रिया