वैद्य र साना ४ कम्युनिस्ट घटक बिच कार्यगत एकताको सहमती

काठमाडौं, वैशाख ११ – मोहन वैद्य (किरण) र साना ४ कम्युनिस्ट घटकले कार्यगत एकता गरेर अघि बढ्ने सहमति गरेका छन् । वैद्य देखि ऋषिराम कट्टेलसम्मका साना ४ कम्युनिस्ट घटकले कार्यगत एकता गरेर अघि बढ्ने सहमति गरेका हुन् ।
केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न मुद्दामा राष्ट्रघात तथा जनघात गरेको निष्कर्ष निकाल्दै त्यसविरुद्ध लड्न वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र) र सुलभ नेतृत्वको अर्को नेपाल कम्युनिष्ट दलले कार्यगत एकता गरेर अघि बढ्ने सहमति गरेका हुन् ।
कार्यगत एकताको सहमति पत्रमा सीपी गजुरेल नेतृत्वको देशभक्त जनतान्त्रिक मोर्चा पनि सहभागी छ । तर, गजुरेल नेतृत्वको यो समूह भने दल नभएर मोर्चा हो । गजुरेल, वैद्य नेतृत्वकै नेकपा (क्रान्तिकारी माओवादी)का नेता हुन् ।


विभिन्न मुद्दामा कार्यगत एकताको घोषणा गरेका ४ दलले सरकारको ध्यानाकर्षणका लागि भन्दै यही वैशाख २७ गते काठमाडौंको शान्तिबाटिकामा संयुक्त विरोधसभासमेत निर्णय गरेका छन् ।उनीहरुले अंगीकृतका सन्तानलाई नागरिकता वितरण गर्ने सरकारको निर्णयको आलोचना गर्दै वितरण गरिएको नागरिकता रद्द गर्न माग गरेका छन् ।
तपाइँको प्रतिक्रिया