वाट्सनको बिष्फोटक ब्याटिङ मद्दतमा चेन्नाई फेरी शिर्ष स्थानमा

बैशाख ११ – सनराइजर्स हैदराबादलाई पराजित गर्दै चेन्नाई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) को शिर्ष स्थानमा उक्लिएको छ । आइपिएल अन्तर्गत गए राती सम्पन्न खेलमा चेन्नाईले हैदराबादलाई ६ विकेटले पराजित गर्यो ।
घरेलु मैदानमा चेन्नाईले १७६ रनको लक्ष्य १ बल बाँकी रहदा ४ विकेट गुमाएर पुरा गर्यो । स्कोर बोर्डमा ३ रन हुँदा नै पहिलो विकेट गुमाएर खराब शुरुवात गरेको चेन्नाईलाई सेन वाट्सनले जित तर्फ उन्मुख गराए । वाट्सन सतक बनाउन बाट केबल ४ रनले चुके । बिष्फोटक ब्याटिङ गरेका वाट्सनले ५३ बलमा ९ चौका र ६ छक्काको मद्दतमा ९६ रनको महत्वपुर्ण योगदान गरे ।
त्यस अघी फाप डु प्लेसिस केबल १ रन बनाएरै पेभिलियन फर्किएका थिए । यस्तै सुरेश रैनाले ३८ तथा अंबाती रायडुले २१ रन बनाए । केदार जाधव ११ रनमा नट आउट रहे । हैदराबादका सन्दिप शर्मा, रशिद खान र भुवनेश्वर कुमारले समान १ विकेट लिए ।
त्यस अघी टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ३ विकेट गुमाउदै १७६ रन बनाएको थियो । जोनी बेयरस्ट्रोलाई शुन्य रन मै गुमाएर खराब शुरुवात गरेको हैदराबादको इनिङ मनिष पाण्डे र डेभिड वार्नरले उकासे । पाण्डेले नट आउट ८३ रन बनाए । उनले ४९ बलमा ७ चौका र ३ छक्का प्रहार गरे । वार्नरले ४५ बलमा ३ चौका र २ छक्का प्रहारस गर्दै ५७ रन बनाए । २० बल खेलेका विजय २६ रन बनाए भने युसुफ पठान ५ रनमा अभिजित रहे । चेन्नाईका हर्भजन सिंहले २ तथा दीपक चाहरले १ रन बनाए ।
जित पछी चेन्नाई ११ खेलबाट १६ अंक बटुल्दै पुनह तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । उसले ८ खेलमा जित हात पारेको छ भने ३ खेलमा पराजित भएको छ । ११ खेलबाट १४ अंक बटुलेको दिल्ली क्यापिटल्स भने दोस्रो स्थानमा झरेको छ ।एजेन्सी
तपाइँको प्रतिक्रिया