सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढ्यो

सूर्यप्रसाद अधिकारी,बैशाख ११,चितवन ः पछिल्ला बर्षहरुमा चितवनका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको चाप बढ्दै गएको छ । शिक्षाको गुणस्तरमा बृद्धि, भौतिक पूर्वाधार, व्यवस्थापनमा भएको क्रमिक सुधारका कारण सामुदायिक विद्यालयमा विद्यार्थीहरुको आर्कषण बढ्दै गएको हो ।
स्थानीय सरकारको तदारुकता, प्रतिस्पर्धी शिक्षा प्रणाली एवं विभिन्न सेवा सुविधा प्राप्त हुने भएकोले यसतर्फ विद्यार्थीको चाप बढ्दै गएको छ । शिक्षाको गुणस्तरसंँगै उत्कृष्ट नतिजा ल्याउन सफल भएकोले निजी विद्यालयका विद्यार्थीहरु पनि सामुदायिक विद्यालयमा आउने गरेको शिक्षकहरु बताउंँछन् ।
जिल्लाका नारायणी नमुना मावि, आदिकवि भानुभक्त मावि, प्रेमबस्ती उच्च मावि, जनजागृति मावि, लक्ष्मी उच्च मावि लगायतका विद्यालयहरुमा विद्यार्थीहरुको चाप बढ्दै गएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थित लक्ष्मी उच्च माध्यमिक विद्यालयमा गत बर्षको तुलनामा विद्यार्थीहरुको चाप ह्वात्तै बढेको प्रधानाध्यापक रेशमबाबु ढकाल बताउनु हुन्छ ।
‘विद्यालयमा अंग्रेजी माध्यमबाट पढाईसंँगै विद्यार्थीहरु भर्ना हुने क्रम बढेको छ’ उहांँले भन्नुभयो, ‘अहिले पनि भर्ना प्रक्रिया र इन्ट्रान्स परीक्षामा विद्यार्थीको चाप बढ्दो छ । उहांँका अनुसार गत बर्ष विद्यालयमा कुल विद्यार्थी ९ सय ५० को संख्यामा रहे पनि अहिले बढेर १२ सयको हाराहारीमा हुने अनुमान गरिएको छ ।
निजी विद्यालयमा प्रतिस्पर्धा गर्ने गुणस्तरीय शिक्षा र विद्यार्थीहरुको लागि व्यावहारिक तथा प्रयोगशाला कक्षा समेतको सुविधा भएकोले यसतर्फ विद्यार्थीहरु आकषर््िात भएको ढकालले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित आदिकवि भानुभक्त माविमा पनि विद्यार्थीको चाप उत्तिकै बढेको यस विद्यालयका शिक्षक डम्बर बहादुर शाही बताउनु हुन्छ । उक्त विद्यालयमा अहिले विभिन्न जिल्लाबाट पढ्न आउने गरेको उहाँले बताउनु भयो । उहांँका अनुसार यस विद्यालयमा यस बर्ष २५ प्रतिशतभन्दा बढी नयांँ विद्यार्थी भर्ना भएको अनुमान गरिएको छ । ‘गत बर्ष सबै कक्षामा गरेर कुल १ हजार ४ सय विद्यार्थी थिए, अहिले १ हजार ६ सय ५० भर्ना भइसके’ उहांँले भन्नुभयो ।
पश्चिम चितवनमा रहेका विद्यालयहरुमा पनि विद्यार्थी भर्ना हुन आउने क्रम बढेको छ । लक्ष्मी उच्च मावि जगतपुरमा पनि अघिल्ला बर्षहरुको तुलनामा हाल विद्यार्थीको चाप बढेको छ । विद्यालयका प्रधानाध्यापक मुक्त बहादुर यो विद्यालय माविबाट उच्चमाविमा प्रवेश बढेसंँगै अन्य निजी विद्यालयका विद्यार्थीहरु अध्ययन गर्न यहांँ आएको बताउनु हुन्छ ।
‘अहिले यस विद्यालयमा कक्षा ६ र ९ मा नयांँ विद्यार्थी फ्लो छ’ उहांँले भन्नुभयो, ‘अन्य कक्षाहरुमा पनि भर्नाको अनुपात सन्तोषजनक छ ।’ उहांँका अनुसार वरिपरिका आधारभुत विद्यालय तथा निजी स्कुलका विद्यार्थीहरु बढी आउने गरेका छन् । एकै विद्यालयमा आधारभूत शिक्षादेखि उच्च माविसम्मका कक्षा राखिएकोले पनि विद्यार्थीहरु एकै ठाउंँमा पढ्न मन पराउने उहांँले बताउनु भयो ।
सामुदायिक विद्यालयमा दक्ष जनशक्ति, निजी विद्यालयमा दिइने सेवा सुविधा पाइने भएकोले यसतर्फ विद्यार्थी एवं अभिभावकको समेत रुचि देखिएको छ । जिल्लाका अधिकांश विद्यालयमा विद्यार्थीको चाप बढ्दै गएको बताउनु हुन्छ शिक्षा विकास तथा समन्वय ईकाइ, चितवनका इकाई प्रमुख भूमिलाल सुवेदी । उहांँका अनुसार स्थानीय तह, अभिभावक तथा विद्यालय व्यस्थापन समितिको सक्रियताका कारण सामुदायिक विद्यालयमा भर्ना हुने संख्यामा बृद्धि हुदै गएको हो ।
सरकारी अनुगमन, नीति एवं सेवा सुविधा, पूर्वाधारमा सुधार गरिएकोले पनि सामुदायिक विद्यालयमा आकर्षण बढेको उहांँले बताउनु भयो । ‘सामुदायिक विद्यालयको सेवा पनि उत्कृष्ट छ, शिक्षाको गुणस्तरमा समेत प्रतिस्पर्धा छ’ उहांँले भन्नुभयो, ‘जसका कारण सामुदायिक विद्यालयमा अध्ययन गर्नेको संख्या पनि बृद्धि भएको हो ।’ कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा कुल ३ सय ७७ वटा सामुदायिक विद्यालय छन् । ती विद्यालयहरुमा १ लाख ८० हजार हाराहारीमा विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् ।
तपाइँको प्रतिक्रिया