एभरेष्ट भरतपुर माडी गोल्डकपको सेमिफाइनलमा

माडी, बैशाख १० एभरेष्ट क्लब भरतपुर बसन्तपुरमा जारी माडी गोल्डकप फुटबल प्रतियाोगिताको सेमीफाइनल प्रवेश गरेको छ । मंगलबार सम्पन्न खेलमा नयाँबस्ती फुटबल क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै एभरेष्ट भरतपुर सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको म्यान अफ द म्याच एभरेष्टका सबिन गुरुङ घोषित भए ।
प्रतियोगिता अन्तरगत भोलि बुधबार स्टार स्पोर्टस् क्लब, बरुवा र शसस्त्र प्रहरीबिच क्वार खेल हुनेछ । बसन्तपुर युनाइटेड क्लबको आयोजनामा जारी प्रतियोगिताको बिजेताले रु २ लाख तथा उपबिजेताले १ लाख सहित ट्रफी प्राप्त गर्नेछन् ।
तपाइँको प्रतिक्रिया