बुधवारदेखि सुरु हुने काँग्रेसको जागरण अभियान स्थगित

बैशाख १०, चितवन-
नेपाली काँग्रेसले वुधवारदेखि सुरु गर्ने तय भएको १ महिने जागरण अभियान स्थगित भएको छ । काँग्रेसका पूर्ब कोषाध्यक्ष तथा पूर्ब मन्त्री रामकृष्ण ताम्राकारको काठमाडौंको अल्का अस्पतालमा उपचारका क्रममा निधन भएपछि देशव्यापि रुपमा सुरु गर्न लागिएको अभियान स्थगित गरिएको नेपाली काँग्रेसले जनाएको छ ।
केन्द्रिय प्रतिनिधिको उपस्थितिमा देशैभर एकैसाथ अभियान सुभारम्भ गर्ने तयारी रहेको थियो । केन्द्रिय सर्कुलर अनुसार चितवनमा हुने कार्यक्रमको तयारी पुरा गरेपनि तम्राकारको निधनले अभियान स्थगित गरेको कांग्रेस चितवनका सचिव उत्तम जोसीले बताए ।
पार्टीको कार्यक्रम अनुसार काँग्रेस प्रतिनिधिहरु जिल्ला जिल्लामा पुगिसकेका थिए । सोहि अनुसार चितवनमा पनि प्रतिनिधि रमेश लेखक कार्यक्रमका लागी पुगीसकेका थिए ।
केन्द्रिय समितिको निर्णय अनुसार अब जिल्लाका सबै तहकामा पार्टीको झण्डा ३ दिन झुकाउने भएका छन् । स्थगित भएको कार्यक्रम वैशाख २५ गत्तेबाट चितवनसहित देशभर सुरु गर्ने सर्कुलर केन्द्रबाट आएको जिल्ला सभापति जितनारायण श्रेष्ठले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया