आर्मी राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको फाइनलमा

नेपालगञ्ज, वैशाख १० – त्रिभुवन आर्मी क्लब आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न खेलमा आयोजक प्रदेश पाँचलाई टाई ब्रेकरमा पराजित गर्दै आर्मीले फाइनलमा स्थान बनाएको हो ।नेपालगञ्ज रंगशालामा भएको खेलमा आर्मीले ब्रेकरमा ३—१ को जित हात पार्यो । निर्धारित समयमा दुबै तर्फबाट २-२ गोल भए पछी खेलको निर्णय टाई ब्रेकरबाट लिईएको हो ।
त्यस अघी खेलको २० औं मिनेटमा आर्मीले अग्रता लिएको थियो । प्रदेश पाँचका दिपेनको आत्मघाती गोल गरेपछी आर्मीले १-० को अग्रता लिएको थियो । पहिलो हाफमा नै आर्मीले अगर्ता दोब्बर बनायो । ३२ औं मिनेटमा दिपकुमार लामाले गोल गरेपछी पहिलो हाफमा आर्मी २—० ले अघी रह्यो ।
७५ औं मिनेटमा प्रदेश पाँचले पेनाल्टी मार्फत गोल गर्दै आर्मीको अग्रता २-१ मा झार्यो । उसका लागि विनोद केसीले पेनाल्टीमा गोल गरे । ८० औं मिनेटमा प्रदेश पाँचले फेरी पेनाल्टी पायो र फेरी विनोदले नै गोल गरेपछी निर्धारित समयको खेल २—२ को बराबरीमा सकिएको थियो ।


तपाइँको प्रतिक्रिया