स्पष्ट ३ अंक बटुल्दै उपाधी नजिक पुग्ने दाउमा बार्सिलोना

बैशाख १० – स्पेनिस ला लिगामा आज राती बार्सिलोना र आलाभेस भिड्दैछन् । लिगको शिर्ष स्थानमा रहेको बार्सिलोना र आठौं स्थानको आलाभेस बिचको खेल नेपाली समय अनुसार राती सवा १ बजे आलाभेसको मैदानमा हुनेछ ।
शिर्ष स्थानमा रहेको बार्सिलोना आजको खेलबाट स्पष्ट ३ अंक बटुल्दै उपाधी नजिक पुग्ने दाउमा रहेको छ । लिगमा ५ खेल मात्र बाँकी रहदा बार्सिलोनालाई उपाधी जित्ने केबल ६ अंक नै काफी रहेको छ ।५ मध्य कम्तीमा २ खेलमा जित निलाके बार्सिलोना लिग च्याम्पियन बन्नेछ । यसर्थ बार्सिलोना आजको खेलमा जित हात पार्दै उपाधी नजिक पुग्ने योजनामा रहेको छ ।
उता आलाभेस भने अंक तालिकामा सुधार गर्ने दाउमा रहेको छ । आठौं स्थानमा रहेकोइ आलाभेसको ४६ अंक रहेको छ । आजको खेलमा जित अथवा कम्तीमा बराबरी मात्र गर्न सकेको खण्डमा आलाभेस १ स्थान सुधार गर्दै सातौमा पुग्नेछ ।


आज राती नै १३ औं स्थानको एइबर र पुछारको हुएस्का बिच पनि खेल हुनेछ । यो खेल नेपाली समय अनुसार राती सवा ११ बजे हुएस्काको घरेलु मैदानमा हुनेछ । यस्तै राती सवा १२ बजे औं स्थानको जिरोना र १८ औं स्थानको भल्लाडोलिड बिच पनि खेल हुनेछ ।एजेन्सी
तपाइँको प्रतिक्रिया