ड्यानी आल्भेस सबै भन्दा धेरै उपाधी जित्ने खेलाडी

बैशाख १० – पेरिस सेन्ट जर्मेनका ब्राजिलियन डिफेन्डर ड्यानी आल्भेस सबै भन्दा धेरै उपाधी जित्ने खेलाडी बनेका छन् । लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई समेत पछी पार्दै उनी सर्वाधिक उपाधी जित्ने खेलाडी बनेका हुन् ।
पिएसजीले गत आइतबार लिग वान जितेसँगै उनले यो ठुलो उपलब्धी हासिल गरेका हुन् । उनले आफ्नो करियरमा ४२ उपाधी जितिसकेका छन् । उनले उनले स्पेनिस महारथि बार्सिलोना, इटालियन युभेन्टसबाट पनि खेलेका छन् । आल्भेसले सबै भन्दा धेरै बार्सिलोनाबाट २३ उपाधी जितेका छन् । यस्तै उनले सेभिया र पिएसजीबाट समान ५, ब्राजिलबाट ४, बाहियाबाट ३ र युभेन्टसबाट २ उपाधी जितेका छन् ।
आल्भेस सन् २००२ मा स्पेनिस सेभिल्लामा अनुबन्ध भएका थिए । त्यसअघि उनी ब्राजिलको क्लब बाहियाबाट खेल्थे । सेभिल्लामा उनले ५ वर्ष बिताएका थिए भने बार्सिलोनामा ९ वर्ष बिताएका थिए । एजेन्सी


तपाइँको प्रतिक्रिया