श्रीमानले श्रीमतीको टाउको काटेर बोकेर हिंडेपछी

काठमाडौं, वैशाख १०- गोदावरी नगरपालीका गोदामचौरमा एक श्रीमानले आफ्नै श्रीमतीको टाउको काटेका छन् । श्रीमानले श्रीमतीको टाउको काटेर हातमा लिएर हिडिरहेको अवस्थामा अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुली घर भाइ हाल गोदावरी नगरपालीका वडा नं १ गोदामचौरमा बस्दै आएका ४२ बर्षीय जयबहादुर वाईवाले आफ्नी श्रीमती ४० बर्षीया सुनमाया वाईवाको टाउको काटेर लिएर हिँडेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
वाईवा गोदावरी नगरपालीका वडा नं -१का वडा अदक्ष्य हरिहर कार्कीको जग्गा भाडामा लिई सोही स्थानमा ईँटा बनाउने काम गर्दथे । बाँडेगाउँ प्रहरीका अनुसार उनी मानसिक रोगी भएको आशंका गरिएको छ।


तपाइँको प्रतिक्रिया