‘दुई रुपैयाँ’ को ‘कुटुमा कुटु’ लाई १० करोड करोड (भिडियो)

बैशाख १० – नेपाली गीत संगीतको क्षेत्रमा रेकर्ड राख्न सफल ‘कुटुमा कुटु’ ले १० करोड भन्दा धेरै भ्यु पाएको छ । युट्युबमा रिलिज भएको २३ महिनामा गीतलाई १० करोड भन्दा धेरैले हेरेका छन् । कुनै पनि नेपाली गीतले १० करोडको आकडा पार गरेको यो नै पहिलो पटक हो ।
युट्युबमा सर्वाधिक हेरिने गीतको किर्तिमान यही गीतको नाममा रहेको छ । रिलिज देखी सबैको मुख मुखमा झुण्डिएको यो गीतको चर्चा अहिले पनि उत्तिकै रहेको छ । गीतलाई अहिले पनि युट्युबमा हेर्नेको जमात ठुलै रहेको छ । गीतले अहिले पनि युट्युबमा दैनिक राम्रो भ्यु पाईरहेको छ ।
रिलिज देखी नै सबै जसो कार्यक्रममा बज्दै आएको यो गीतलाई सबै उमेरका दर्शक श्रोताहरुले उत्तिकै रुचाएका छन् । गीत युट्युबमा १० करोड भन्दा धेरै पटक हेरिदा अहिले सम्म २ लाख ९४ हजार भन्दा धेरै लाइक र ५० हजार डिस लाइक प्राप्त गरेको छ । २६ हजार भन्दा धेरैले युट्युबमा कमेन्ट गरेका छन् ।
चलचित्र ‘दुई रुपैयाँ’ मा समावेश गीतमा राजन राज सिवाकोटीको शब्द संगीत रहेको छ । आवाजमा भने उनलाई मेलिना राईले साथ दिएकी छिन् । गीतमा संगीत संयोजन भने राजन इशानले गरेका छन् । गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का सँगै निश्चल बस्नेत, आशिफ शाह र बुद्दी तामाङ फिचर्ड रहेका छन् । गीतमा कबिराज गहतराजको कोरियोग्राफी रहेको छ ।
अशिम शाह निर्देशित चलचित्र ‘दुई रुपैयाँ’ ले मध्यम ब्यापार गरे पनि गीतले भने रेकर्ड बनाएको हो । चलचित्रमा निश्चल, आसिफ र बुद्दीको अलावा मेनुका प्रधान, रबिन्द्र झा, राजन इशान लगायतको पनि मुख्य अभिनय रहेको छ । चलचित्र २०७४ भाद्र २३ गते प्रदर्शन भएको थियो ।
तपाइँको प्रतिक्रिया