राजस्थानलाई पराजित गर्दै दिल्ली शिर्ष स्थानमा

बैशाख १० – राजस्थानलाई पराजित गर्दै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) को शिर्ष स्थानमा उक्लिएको छ । आइपिएल अन्तर्गत गए राती सम्पन्न खेलमा दिल्लीले राजस्थानलाई ६ विकेटले पराजित गरेको हो ।
राजस्थानले दिएको १ सय ९२ रनको विशाल लक्ष्य दिल्लीले ४ बल अगाडीनै ४ विकेट गुमाएर पुरा गर्यो । दिल्लीको जितमा विकेटकीपर ऋषभ पन्तले महत्वपुर्ण पारी खेले । उनले ३६ बलमा ४ छक्का र ६ चौका प्रहार गर्दै अभिजित ७८ रन बनाए । त्यस्तै ओपनर शिखर धवनले ५४ तथा पृथ्वी शाले ४२ रन बनाए । धवनले २७ बलमा ८ चौका र २ छक्का प्रहार गरे भने पृथ्वीले ३९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । राजस्थानका श्रेयस गोपाल २,धवन कुलकर्णी र रियान परागले समान १ विकेट लिए ।
त्यस अघि घरेलु मैदान जयपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजिस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९१ रन बनाएको थियो । राजस्थानका लागि ओपनर अजिंक्या रहाणेले शानदार शतक प्रहार गरे ।आईपीएल करियरमा दोस्रो शतक बनाउने क्रममा रहाणेले ६३ बलमा १०५ रन बनाए । उनले ११ चौका र ३ छक्का प्रहार गरे ।
कप्तान स्मिथले ३२ बलमा ८ चौका प्रहार गर्दै ५० रनमा आउट भए ।बेन स्ट्रोक्स ८,एस्टन टर्नर शून्य र स्टुअर्ट बिन्नी १९ रनमा आउट भए । दिल्लीका कागीसो रबडाले २, ईशान्त शर्मा,क्रिस मोरिस र अक्षर पटेलले समान एक विकेट लिए ।एजेन्सी
तपाइँको प्रतिक्रिया