बलात्कारको घटना तयार पारिएको मार्मिक गीत ‘सोच बदल्नु पर्छ’ सार्वजनिक (भिडियो)

बैशाख १०-देशमा दिन प्रतिदिन बलात्कारको घटना घटी रहदा यसै बिषयमा रहेर तयार पारिएको गीत ‘सोच बदल्नु पर्छ’को भिडियो सार्वजनिक भएको छ । निकै मार्मिक शब्द रहेको यस गीतले बिशेष गरेर तराई क्षेत्रमा हुने गरेको बलात्कारको घटनालाई देखाउन खोजिएको छ।
करिश्मा विश्वकर्माको स्वर रहेको ‘सोच बदल्नु पर्छ’गीतमा गायक पुष्पन प्रधानले संगीत रहेको छ गीतमा । जोया श्रेष्ठको शब्द रहेको छ । दानिएल गदालले गीतलाई एरेन्ज गरेका हुन् ।
चितवनमा छायाँकन गरिएको गीतमा महिला प्रतिको कुदृष्ट्रिलाई चित्रण गरिएको छ । भिडियोमा गायक तथा मोडल भेषराज गौतमलाई फिचर्ड गरिएको छ । सन्तोष लामाले खिचेको म्युजिक भिडियोलाई पेमा मान सिंह तामाङले सम्पादन तथा निर्देशन गरेका हुन् ।
तपाइँको प्रतिक्रिया