आठौं राष्ट्रिय खेलकुद : जिम्न्याष्टिकतर्फ राजु राईलाई एकै दिन ५ वटा स्वर्ण

बाँके, बैशाख ९ – आठौं राष्ट्रिय खेलकुदमा एपीएफका राजु राईले जिम्न्याष्टिकतर्फ एकै दिन ५ वटा स्वर्ण जितेका छन्। १३ औं दिनको खेल अन्तर्गत सोमबार जिम्न्याष्टिकतर्फ उनले एकै दिन ५ स्वर्ण जितेका हुन् ।नेपालगञ्जमा भएको जिम्न्याष्टिकतर्फ एपिएफका राजु राईले ५ वटा स्वर्ण र एक रजत जिते । पुरुष फ्लोर, प्यारालल बार, अलराउन्ड, टिम इभेन्ट, पोमल हर्समा स्वर्ण जितेका राजुले बोल्टिङ टेबलमा रजत हात पारे ।
आठौं राष्ट्रिय खेलकुद अन्तर्गत जिम्न्याष्टिकमा अलराउण्डको महिलातर्फ प्रदेश ३ की तारा सिवाकोटीले स्वर्ण हात जितेकी छिन् भने एपिएफकी लुमिला मानन्धरले रजत र प्रदेश ३ कै प्रकृति थापामगरले कास्य हात पारिन् ।महिलातर्फ एपिएफकी पिंकी झाङले वोल्टिङ टेबल र फ्लोर स्पर्धामा स्वर्ण हासिल जितिन् । पुरुष टिम स्पर्धातर्फ एपिएफले ११० दशमलव ६० अंक जोड्दै स्वर्ण हात पार्दा महिला टिम इभेन्टतर्फ प्रदेश ३ ले स्वर्ण जितेका छन् ।
पहिलो पटक प्रतियोगितामा समावेश गरिएको प्याराग्लाइडिङतर्फ आर्मीले ४ स्वर्ण जित्दा गण्डकी प्रदेशले २ स्वर्ण जित्यो । यता सेपाकताक्रोतर्फ भएका चारवटै विधामा स्वर्ण जित्दै आर्मीले क्लिन स्विप गरेको छ ।दाङको बेलझुण्डीमा भएको एथ्लेटिक्स्मा कुल २१ स्वर्ण जित्दै नेपाल आर्मी क्लब टिम च्याम्पियन बन्यो । आर्मीले १२ रजत र ८ कास्य पदक जित्यो । एथ्लेटिक्समा महिला र पुरुषका समान १८–१८ गरी कुल ३६ इभेन्टमा प्रतिस्पर्धा भएको थियो ।


तपाइँको प्रतिक्रिया