रामपुर माडी गोल्ड कपको सेमिफाइनलमा

माडी,बैशाख ९ – रामपुर फुटबल क्लब आरएफसी बसन्तपुरमा जारी माडी गोल्डकप फुटबल प्रतियाोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न खेलमा हेटौडा फुटबल क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै रामपुरले सेमीफाइनलमा स्थान बनाएको हो । खेलको म्यान अफ द म्याच रामपुरका अनिल रानामगर घोषित भए ।
प्रतियोगिता अन्तर्गत मंगलबार पनि एक खेल हुनेछ । मंगलबार हुने खेलमा एभरेष्ट क्लब भरतपुर र नयाँ बस्ती फुटबल भिड्ने आयोजकले जनाएको छ । बसन्तपुर युनाइटेड क्लबको आयोजनामा जारी प्रतियोगिताको बिजेताले रु २ लाख तथा उपबिजेताले १ लाख सहित ट्रफी प्राप्त गर्नेछन् ।
तपाइँको प्रतिक्रिया