राजस्थान बिरुद्दको खेलमा सन्दीप टिममा परेनन्
बैशाख ९ – नेपाली लेग स्पिनर सन्दीप लामिछाने आज दिल्लीको टिममा पर्न असफल भएका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत खेलमा दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सविरुद्ध बिचको खेलमा उनी बेन्चमा रहेका छन् ।
राजस्थानको घरेलु मैदान जयपुरमा दिल्लीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ । राजस्थानले जवाफी ब्याटिङ केहि समयमा गर्ने छ । दिल्लीका कप्तान श्रेयस ऐरले बुझाएको प्लेईङ ११ को सुचिमा सन्दीप अटाउन सकेनन् । जारी आईपीएलमा सन्दीपले ५ खेलमा ८ विकेट लिएका छन् । (एजेन्सी)
तपाइँको प्रतिक्रिया