सलमान स्टारर ‘भारत’ को ट्रेलर रिलिज, शाहरुखले गरे तारिफ (भिडियो)

बैशाख ९ – बर्षकै बहु प्रतिक्षित बलिउड फिल्म ‘भारत’ को ट्रेलर सार्वजनिक भएको छ ।जून ५ मा रिलिज हुने तयारीमा रहेको सलमान खान स्टारर फिल्म ‘भारत’ को ट्रेलर सोमबार सार्वजनिक भएको हो ।
सार्वजनिक ट्रेलरमा सलमानलाई बिभिन्न अलग अलग लुक्समा देखाईएको छ । ट्रेलरमा देश प्रेमको कथा देखाईएको छ । यस्तै एक्सन रोमान्स र कमेडीले पनि ट्रेलरमा स्पेस पाएको छ ।फिल्ममा सलमानले भारतको भूमिका निभएका छन् ।फिल्ममा भारतको जिन्दगीको ७१ वर्षको यात्रा देखाइएको छ ।
ट्रेलरको शुरुवातमा नै सलमान र दिशा पाटनीलाई देखाईएको छ । दिशालाई सर्कसमा देखाईएको छ भने सलमानमा सोही सर्कसमा मौत का कुवामा कला देखाईरहेको देखाईएको छ । ट्रेलरमा कटरीनालाई सलमानको प्रेमिकाको रुपमा देखाईएको छ भने दिशा ज्याकी श्राफ बुवा र सुनील ग्रोवरलाई साथीको भूमिकामा रहेका छन् ।
अली अब्बास जफरको निर्देशनमा बनेको यो फिल्म ट्रेलरको सुरुवात भारतका पहिला प्रधानमन्त्री जवाहरलाल नेहरूको संवादबाट भएको छ । ट्रेलरमा समावेश सम्बादहरु दमदार रहेका छन् । फिल्मको ट्रेलरलाई निकै मसालेदार बनाईएको छ ।
फिल्मको ट्रेलरले निकै राम्रो रेस्पोन्स पाईरहेको छ । फिल्मको ट्रेलर र सलमानको कामको शहरुख खानले खुलेर तारिफ गरेका छन् । यस्तै अन्य सेलिब्रेटीहरुले पनि ट्रेलर दमदार बनेको प्रतिकृया दिईरहेका छन् । (एजेन्सी)
तपाइँको प्रतिक्रिया