नेकपा चितवनको अध्यक्षमा यमबहादुर परियार, सचिवमा कृष्णभक्त पोखरेल

चितवन, वैशाख ८– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चितवनसहित ७७ वटै जिल्ला कमिटिको अध्यक्ष र सचिव टुंगो लगाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला भएकोले चितवनको जिल्ला कमिटिको विषयमा सबैको ध्यान आकृष्ट भएको छ ।
उच्च स्रोतका अनुसार चितवनको अध्यक्षमा पूर्व माओवादीका यमबहादुर परियार र सचिवमा पूर्व एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल चयन भएका छन् । यसअघि जिल्ला सचिवमा एमालेका पूर्व उपाध्यक्ष तेजेन्द्रबहादुर खड्काको नाम आएको थियो ।
पूर्वी चितवनमा आयोजित एक कार्यक्रममा पनि यमबहादुरले अध्यक्षतामा ग्रहण गरेका थिए भने खड्काले कार्यक्रम संचालन गरेका थिए । तर सबैको अनुमान विपरीत सचिवालय बैठकले सचिवमा चितवन क्षेत्र नं.२ का सांसद समेत रहेका पोखरेललाई तोकेको हो ।
तपाइँको प्रतिक्रिया