रामेछापमा तारा एयरको विमान अवतरणका क्रममा चिप्लिएर दुर्घटना

रामेछाप, वैशाख, ९ – रामेछापको मन्थली विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ । तर, कुनै मानवीय क्षति भने भएको छैन ।सोलुबाट मन्थली आएको विमान सोमबार बिहान करिब ९ बजे अवतरणका क्रममा चिप्लिएर दुर्घटना भएको हो ।कल साइनको विमानमा १४ यात्रु सवार थिए । तर कुनै मानवीय क्षति नभएको मन्थली विमानस्थल कार्यालयले जनाएको छ ।
विमान दुर्घटना भएपछि अहिले यहाँको उडान अवरुद्ध बनेको छ । विमान रनवेको छेउमा रहेका कारण उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत सुरु भएपछि काठमाडौँबाट सोलु जाने विमानहरुले मन्थली विमानस्थलबाट सोलुको लागि उडान भर्ने गरेका छन् ।मन्थलीमा हिजो अपराह्न ठूलो वर्षा भएको थियो । वर्षाले विमानस्थल भिजे पनि आज बिहानैदेखि विभिन्न कम्पनीका विमानहरुले उडान भर्न सुरु गरेका थिए ।
तपाइँको प्रतिक्रिया