आर्थिक अभावले ओझेलमा राइनो ताल

सूर्यप्रसाद अधिकारी, बैशाख ९, चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित रामबेल सामुदायिक अन्र्तगत रहेको राइनो ताल संरक्षणको अभावमा कुरुप बन्दै गएको छ ।
दुर्लभ वन्यजन्तुको वासस्थान लगायत अन्य जीवजन्तुको आश्रय स्थलको रुपमा रहेको यस तालको उचित स्याहार सुसार नहुंँदा अस्तित्वको जोगाउन मुश्किल परेको छ । तालमा झार तथा लेउले छपक्कै ढाकेको छ ।
चितवनको पर्यटकीय गन्तव्य स्थलको सूचीमा रहेको यो तालको लागि सरोकारवालाहरुले ध्यान नदिंँदा ओझेलमा पर्दै गएको हो । नारायणगढबाट बजारबाट करीब ३ किलोमिटरको दुरीमा रहेको यस तालमा अहिले न पर्यटक नै आउन सकेका छन नत यसको संरक्षण हुन नै सकेको छ । जसका कारण यसबाटो भएर हिड्ने केही बटुवा तथा वनमा घांँस दाउरा गर्ने व्यक्तिहरुको बिश्राम स्थल बाहेक यसले केही प्रगति गर्न सकेको छैन । जिल्ला वन कार्यालय र महानगरपालिकाबाट अघिल्लो बर्ष १० वटा बस्ने कुर्ची र तालको ड्याम निर्माणको लागि केही रकम छुटयाएपनि खासै काम प्रभावकारी भएको देखिएको छैन ।
सामुदायिक वनका अध्यक्ष वेदवहादुर थापा रकम अभावमा आफूहरुले यसको उचित संरक्षण गर्न नसकेको बताउंँनु हुन्छ । ‘हामीले वनबाट आएको केही आम्दानी यसको संरक्षणको लागि छुटयाउंँछौ , तर पर्याप्त हुदैन’ उहांँले भन्नुभयो । पर्यटकीय गन्तव्यको रुपमा यसलाई प्रचार प्रसार गर्न नसक्दा आन्तरिक तथा बाह्य पर्यटक आउन नसकेको उहांँको भनाई छ । अघिल्लो बर्ष तालको पानी फुटेर सुख्खा भएपनि गतबर्ष ड्याम बनाएर पुनः पानी भरिएको हा्े । हाल सामुदायिक वनले तालको बीचमा विश्रामको लागि थुम्का बनाएपनि यो प्रभावकारी भएको छैन । यस तालमा ६ जना हेरालु सहित ५ वटा डुंगा सञ्चालनमा ल्याइएपनि एउटा डुंगा बाहेक सबै डुंगा काम नलाग्ने अवस्थामा छन । केही समय अघि पिकनिक र घुम्नको लागि केही पर्यटकको उपस्थिति रहेपनि हाल यसबर्ष कोही पर्यटक आउन नसकेको थापाले बताउनु भयो । ‘हामीले यसलाई आम्दानीको श्रोतको रुपमा पनि विकास गर्न सकेका छैनौ, यसको संरक्षण गर्न र प्रर्वद्धन गर्नपनि पर्याप्त बजेटनै चाहिन्छ’ उहांँले भन्नुभयो ।
जिल्ला वन कार्यालयका सुचना अधिकृत कृष्ण प्रसाद पौडेल कार्यलयले तालको संरक्षणको लागि कार्यालयले हरदम प्रयास गरेको बताउंँनुहुन्छ । ‘ वन कार्यालयले गतबर्षपनि ८ लाख बजेट छुट्याएको थियो, यसबर्ष तालको सरसफाइको लागि त्यतिनै बजेट छुट्याएका छौं’ उहांँले भन्नुभयो । वन कार्यालयले दिने बजेट सिमीत हुने भएकोले पनि चाहे अनुसार काम गर्न नसकेको उहांँले बताउनु भयो । देश संघीय संरचना गइसकेकपछि कतिपय कार्यालय तथा संस्था अधिकार विहीन भएकोले पनि यसको संरक्षण हुन नसकेको हो ।
चितवन पर्यटन विकास समितिका निवर्तमान महासचिव विश्व सुवेदी भन्नुहुन्छ ,‘पर्यटन विकास समितिको काम प्रर्वद्धन गर्ने काम हो, बजेट दिने भन्ने हुदैन ।’ उहांँका अनुसार सबै अधिकार स्थानीय सरकार र प्रदेश सरकार बीच भएकोले कसले गर्ने भन्ने विषयमा अन्यौल भएको कारण पनि समस्या भएको हो । प्रदेश नम्बर ३ का सांसद विजय सुवेदीले यसको संरक्षण र प्रर्वद्धनको लागि ५० लाख रुपैयांँ बजेट भित्रयाएपनि यसको लागि ठोस काम तथा गुरुयोजना शुरु हुन नसकेको सामुदायिक वनका अध्यक्ष थापाले बताउनु भयो । ‘यसको लागि बजेट आएको भन्ने सुनेको छु , तर वडाको दबाबमा पार्क बनाउन बजेट खर्चिएको छ’ उहांँले भन्नुभयो । आगामी दिनमा सबै सरोकारवालाहरु संँग सहकार्य गरेर दीर्घकालिन योजना ल्याउन लागिएको उहांँले बताउनु भयो । जस अनुसार यहांँ दुइवटा भ्युटावर, साइक्लिङ मार्ग,पिकनिक स्पट लगायतका संरचना लगायतका कामहरुको प्रस्तावना गरिएको उहांँले जानकारी दिनु भयो ।


तपाइँको प्रतिक्रिया