प्रचण्डलाई रेखाको कडा प्रश्न,विप्लवले बम पड्काएर परिवर्तन आउँदैन भन्ने आफूले चै कहाँ परेवा उडाएका थियौ र ?’

बैशाख ८ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आईतबार एक कार्यक्रममा विप्लवले बम पड्काएर परिवर्तन आउँछ भन्नु भ्रम भएको अभिव्यक्ति दिए ।त्यसको प्रतिवादमा नायिका रेखा थापाले प्रचण्डलाई कडा प्रश्न गरेकी छन् । प्रचण्डको उक्त अभिब्यतीलाई थापाले व्यंग्यात्मक शैलीमा प्रहार गरेकी छिन् ।
तत्कालीन सशस्त्र युद्धका सर्वोच्च कमाण्डर रहेका प्रचण्डलाई थापाले विप्लवलाई बम पड्काएर परिवर्तन आउँदैन भन्नु ठूलो गल्ती मान्दै रेखा थापाले सामाजिक सञ्जाल फेसबूकमा लेखेकी छन्, ‘आफूले चै काहा परेवा उडाएका थियौ र ?’
आईतबार चितवनको कैलाशनगर माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले बम पड्काएर जनतामा आतंक सिर्जना गरेर परिवर्तन आउँछ भन्नु विप्लवको ठूलो भ्रम रहेको बताएका थिए ।


तपाइँको प्रतिक्रिया