युनाइटेडको लज्जास्पद हार

बैशाख ८ – इंग्लिस पि्रमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले लज्जास्पद हार व्यहोरेको छ । प्रिमियर लिग अन्तर्गत आइतबार राती सम्पन्न खेलमा युनाइटेडले एभर्टन सँग ४-० को लज्जास्पद हार व्यहोरेको हो ।
घरेलु मैदानमा भएको खेलमा एभर्टनलाई जिताउन रिचार्लिसन, गिल्फी सिगुड्सन, लुकास डिग्ने र थियो वाल्कटले गोल गरे । युनाइटेड बिरुद्द एभर्टनले पहिलो हाफमा नै २ गोल गरेको थियो । खेलको १३ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै एभर्टनलाई शुरुवाती अग्रता दिलाएका थिए । २८ औं मिनेटमा सिगुड्सनले गोल गरे पछी एभर्टनले पहिलो हाफमा नै २-० को अग्रता बनायो ।
दोस्रो हाफमा एभर्टनले थप २ गोल गर्यो । ५६ औं मिनेटमा डिग्नेले गोल गर्दै खेल ३-० मा पुराए । यस्तै ६४ औं मिनेटमा वाल्कटले गोल गरेपछी एभर्टन ४-० ले बिजयी भयो । जित पछी एभर्टन अंक तालिकाको सातौ स्थानमा उक्लिएको छ । उसको ३५ खेलबाट ४९ अंक भएको छ । समान खेलबाट ६४ अंक बनाएको युनाइटेड भने छैटो स्थानमा कायमै रहेको छ ।(एजेन्सी)


तपाइँको प्रतिक्रिया