भरतपुरलाई हराउदै ठोरी माडी गोल्ड कपको सेमिफाइनलमा

माडी, बैशाख ८ – भरतपुर फुटबल क्लब भरतपुरलाई पराजित गर्दै ठोरी स्पोर्टस् क्लब माडीको बसन्तपुरमा जारी माडी गोल्डकप फुटबल प्रतियाोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न खेलमा ठोरीले भरतपुरलाई टाइब्रेकरमा ५-४ ले पराजित गरेको हो ।
निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिए पछी खेलको निर्णय टाईब्रेकरबाट लिईएको हो । टाइब्रेकरमा ठोरी ५-४ गोल अन्तरले बिजयी भयो । खेलको म्यान अफ द म्याच ठोरी स्पोर्टस् क्लबका कृष्ण शाक्य घोषित भए । प्रतियोगिता अन्तर्गत सोमबार हेटाैडा फुटबल एकेडमी मकवानपुर र रामपुर फुटबल क्लब चितवन बिच खेल हुनेछ । बसन्तपुर युनाइटेड क्लबद्वारा आयोजित सो प्रतियोगिताको बिजेताले रु २ लाख तथा उपबिजेताले १ लाख सहित ट्रफी प्राप्त गर्नेछन् ।
तपाइँको प्रतिक्रिया