फेरी समातियो बिमानस्थलमा अबैध सुन सहित २ महिला

काठमाडौं, बैशाख ८ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५ लाख २७ हजार रुपैयाँ बराबरको सुनसहित दुई जनालाई पक्राउ परेका छन् ।विमानस्थल सुरक्षा प्रहरी कार्यालयले एक किलो ६ सय ८३ ग्राम सुनसहित दुई जना विदेशी महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भियतनामका भो थि म्यू र कम्बोडियाका थेभी यू छन् । विशेष सूचनाका आधारमा थाई एयरको उडान नम्बर टीजी ५८५ बाट थाइल्याण्डको बैंककबाट काठमाडौं आएका उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।
अन्तर्राष्ट्रिय उडानतर्फ आगमन पार्किङ एरियामा शंकास्पद अवस्थामा भेटेर चेकजाँच गर्ने क्रममा उनीहरुबाट सुन भेटिएको हो ।बरामद सुन र दुई जनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरण पठाइएको जानकारी दिइएको छ ।
तपाइँको प्रतिक्रिया