बाग्लुङमा जन्ती बस दुर्घटन हुँदा १ को मृत्यु, ५ घाइते

बाग्लुङ, वैशाख ८ – बाग्लुङको काठेखोला गाउँपालिका–५ बिहुँमा जन्ती बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।ताराखोला गाउँपालिका १ माझखर्कबाट जन्ती लिएर काठेखोला गाउँपालिका–८ लेखानी जाँदै गरेको ध १ ख ४६८ नम्बरको बस बिहुँको भ्युटावरनजिकै आइतबार साँझ सडकबाट १० मिटर तल खसेको हो । दुर्घटनामा परी काठेखोला ८ का ६४ बर्षका गंगाबहादुर बिकको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए ।
घाइतेमध्ये काठेखोला गाउँपालिका–८ कि १७ बर्षीया संगीता विकको अवस्था गम्भीर रहेको छ । उनको टाउकोमा चोट लागेको छ । दुर्घटनामा परी काठेखोला गाउँपालिका–८ का सफलता बिक, ज्योति सुनार, चन्द्रबहादुर सुनार र आरती सुनार समान्य घाइते भएको उपरीक्षक शर्माले जानकारी दिए ।घाइतेहरुको धौलागिरी अञ्चल अस्पतालमा उपचारका भईरहेको छ ।
तपाइँको प्रतिक्रिया