स्वास्थ्य राज्यमन्त्रीको अस्पतालमा नर्सको रहस्यम मृत्यु
जनकपुरधाम, बैशाख ८- जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटलमा कार्यरत एक नर्स रक्षा आले मगरको मृत्यु रहस्यम बनेको छ । शौचालय सानो भएको, खुट्टाले भुइमा छोएको, शौचालयभित्र छुराले ढोका फुटाएकोले घटना रहस्यमय बनेको हो ।
आइतबार बिहान महोत्तरीको गौशाला नगरपालिका स्थित रामनगरकी २४ वर्षीया रक्षाको शव जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटल परिसरको शौचालयभित्र झुण्डिएको अवस्थामा फेला परेको थियो ।बिहान उनका आफन्त पुगेपछि प्रहरीले प्रक्रिया पुर्याएर शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगेको छ ।
तर आत्महत्या गरेको भनिएका रक्षाकी आफन्त रुद्र बर्जा मगरले शौचालयमा झुण्डिएको अवस्था हेर्दा शंकास्पद देखिएकोले घटनाको छानबिन गर्न माग गरेका छन ।उक्त अस्पताल संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री डा। सुरेन्द्रकुमार यादवद्वारा सञ्चालित छ ।
बुवा लालबहादुर आलेका अनुसार रक्षा विगत ८ महिनादेखि टिचिङ उक्त अस्पतालमा कार्यरत थीइन । उनले कुनै समस्या नरहेको अवस्था छोरीले यस्तो किन गर्यो थाहा नभएको प्रतिक्रिया दिए ।उनले पनि घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन । मृतक रक्षाको दुई भाइ छन । एउटा विदेशमा र अर्को गाउमैं । दुई बहिनीमध्येका जेठी बहिनी रक्षा नै थिइन । मृतक रक्षाका पिता गाउँमा किसान हुन ।
तपाइँको प्रतिक्रिया