आज देशका धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने संभावना

काठमाडौं, वैशाख ८– मौसमविद्ले आज (आइतबार) देशका धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने अनुमान गरेका छन् ।पश्चिमी वायु र पूर्वमा बनेको न्यूनचापीय रेखाको प्रभावले अहिले सफा भएको ठाउँको मौसम पनि दिउँसोपछि बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने संभावना भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
बिहान खुलेको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर हुरीबतास र चट्याङ पर्नु स्वभाविक भए पनि यो वर्ष प्रिमनसुन सक्रिय देखिएको छ । आइतबार राति पनि मौसम बदली हुने र थोरै स्थानहरुमा चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहको महाशाखाको पूर्वानुमान रहेको छ ।
तपाइँको प्रतिक्रिया