सन्दिप चम्केको खेलमा दिल्ली बिजयी

बैशाख ८ – नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने चम्केको खेलमा दिल्ली बिजयी भएको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गए राती सम्पन्न खेलमा दिल्लीले किंग्स एलेभेन पन्जावलाई ५ विकेटले पराजित गरेको छ ।
आइपिएल अन्तर्गत गए राती पन्जावले दिएको १६४ रन लक्ष्य दिल्लीले २ बल बाँकी हुँदा ५ विकेट गुमाएर पुरा गर्यो । दिल्लीको जितमा कप्तान श्रेयस एेर र शिखर धवनले अर्धसतकिय पारी खेले । ओपनर धवनले ५६ रनको महत्वपूर्ण पारी खेले । उनले ४१ बलमा ७ चौका र १ छक्का प्रहार गरे ।
अर्का ओपनर पृथ्वी शव १३ रनै पेभिलियन फर्किए पछी दोस्रो नम्बरमा ब्याटिङ गर्न गएका कप्तानले श्रेयसले ५८ रनको महत्वपूर्ण योगदान गरे । उनले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गरे । कोलिन इङग्राम १९ रन बनाएर आउट भए । पन्जावका हार्डस विलोजेनले २ र मोहम्मद शामीले १ विकेट लिए ।
त्यस अघी फोरोज शाह कोटाला दिल्लीमा टस हारेर पहिलो ब्याटिङ गरेको पन्जावले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १६३ रन बनाएको थियो । उसका लागि क्रिस गेलले ६९ रन बनाए । गेल नेपाली युवा लेग स्पिनर सन्दिपको शिकार भने । मात्र ३७ बल खेलेका गेलले ६ चौका र ५ छक्का प्रहार गरे । यस्तै मन्दिप सिंह ३०, हर्प्रीत ब्रर २० तथा के एल राहुल १२ रन बनाएर पेभिलियन फर्किए ।
दिल्लीका लागि सन्दिपले ३ तथा कागिसो राबडा र अक्षर पटेलले समान २-२ विकेट लिए । ४ ओभर बलिङ गरेका सन्दिपले ४० रन खर्चिएका उनले ३ महत्वपूर्ण विकेट लिए । उनले के एल राहुल, क्रिस गेल र साम करणलाई पेभिलियनको बाटो देखाए ।
दिल्लीको दोस्रो ओभरमा आफ्नो पहिलो ओभर बलिङ गरेका सन्दिपले चौथो बलमा नै विकेट लिए । उनले आफ्नो पहिलो ओभरको चौथो बलमा के एल राहुललाई पेभिलियन फर्काए ।
सन्दिपले ब्यक्तीगत तेस्रो ओभरमा सन्दिपले महत्वपूर्ण २ विकेट लिए । उनले ओभरको दोस्रो बलमा आक्रमक ब्याटिङ गरिरहेका गेललाई अक्षर पटेलको हातबाट क्याच गरौउदै पेभिलियनको बाटो देखाए देखाए । सोही ओभरको अन्तिम बलमा सन्दिपले अर्को विकेट लिए । उनले करणलाई पेभिलियन फर्काए ।सन्दिपले स्टाइलिस प्लेयर अफ द म्याच घोषित हुँदै एक लाख भारु पुरस्कार प्राप्त गरे । (एजेन्सी)
तपाइँको प्रतिक्रिया