स्मिथले कप्तानी सम्हालेको पहिलो खेलमा नै राजस्थान बिजयी
बैशाख ८ – स्टिभ स्मिथले कप्तानी सम्हालेको पहिलो खेलमा नै राजस्थान रोयल्स बिजयी भएको छ । अजिंक्या रहाणेको कप्तानीमा राजस्थानले लगातार हार व्यहोरे पछी स्मिथलाई कप्तानको जिम्मेवारी दिईएको हो । फल स्वरुप स्मिथले आफ्नो कप्तानीको पहिलो खेलमा नै राजस्थानलाई ५ विकेटको जित दिलाएका हुन् ।
इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गए राती सम्पन्न खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्यो । जैपुरमा मुम्बईले दिएको १६२ रनको लक्ष्य पछ्याएको राजस्थानले ५ बल बाँकी रहदा नै जित हात पार्यो ।
राजस्थानको जितमा कप्तान स्मिथले कप्तानी पारी खेले । उनले ४५ बलमा ५ चौका र १ छक्काको मद्दतमा नट आउट ५९ रन बनाए । रियान परागले २९ बलमा ५ चौका र १ छक्काको मद्दतमा ४३ रन बनाए । सन्जु स्यामसन ३५ तथा अजिंक्या रहाणे १२ रन बनाएर आउट भए । मुम्बईका राहुल चाहरले ३ तथा जस्प्रित बुम्राहले १ विकेट लिए ।
त्यस अघी टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १६१ रन बनाएको थियो । उसका लागि ओपनर क्विन्टन डि ककले ६५ रनको योगदान गरे । केबल ४७ बल खेलेका डि ककले ६ चौका र २ छक्का प्रहार गरे । यस्तै सुर्यकुमार यादवले ३४ तथा हार्दिक पाण्ड्याले २३ रन बनाए । राजस्थानका लागि श्रेयस गोपालले २,जयदेव उनादकट,स्टुअर्ट बिन्नी र जोफ्रा आर्चरले समान एक विकेट लिए ।
अजिंक्या रहाणेको कप्तानीमा राजस्थानले खराब प्रदर्शन गरेपछी स्मिथलाई कप्तानको भूमिका दिईएको हो । रहाणेको कप्तानीमा राजस्थानले ८ खेल खेल्दा ६ खेलमा हार व्यहोरेको थियो । लगातारको खराब नतिजा सँगै प्ले अफ सम्पन्न कठिन बनेको राजस्थानलाई स्मिथले लयमा फर्काउने विश्वास गरिएको छ ।
तपाइँको प्रतिक्रिया