कैलाशनगर माविको स्वर्णमहोत्सव शुरु, प्रचण्डबाट भोलि उद्दघाटन हुदै
बैशाख ७, भरतपुर, भरतपुरमहानगरपालिका वडा नम्बर ५ स्थित कैलाशनगर माध्यामिक विद्यालयकोे स्वर्ण महोत्सव आजबाट शुरु भएको छ । स्वर्ण महोत्सव समारोहको पूर्वसन्ध्यामा आज बिशेष मोटरसाइकल र्याली गरिएको छ भने दिउसो शारदा शर्माको आतिथ्यमा राष्ट्रिय कवि गोष्ठी सम्पन्न गरिएको छ ।
स्वर्ण महोत्सव मुल आयोजक समितिका अनुसार भोलि आइतबार नेपाल कम्युनिष्ट पार्टी( नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समारोहको औपचारिक रुपमा उद्धघाटन गर्ने कार्यक्रम रहेको छ । आज बिद्यालयले कैलाशनगरमा पत्रकार सम्मेलन गर्दै यस बारे जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै बिद्यालयका प्रधानाध्यपक एवं समितिका सदस्य सचिव रामजी प्रसाद अधिकारीले महोत्सवको लागि सम्पूर्ण तयारी सकिएको बताउँदै पुष्पकमल दाहालबाट औपचारिक रुपमा उद्धघाटन गरिने जानकारी दिए ।
उनका अनुसार बैशाख १२ गतेसम्म चल्ने महोत्सवमा विभिन्न शैक्षिक, रचनात्मक प्रस्तुतीका साथै मनोरञ्जनात्मक कार्यक्रम गरी मनाउन लागिएको बताए ।
जस अनुसार आइतबार उद्दघाटनपछि विभिन्न सांस्कृतिक कार्यक्रम हुदैछ । यसैगरी ९ गते पूर्व शिक्षक एवं विद्यार्थीको पुर्नमिलन कार्यक्रम राखिएको छ । जसको प्रमुख आतिथ्यता जिल्ला समन्वय समितिका प्रमुख कृष्ण कुमार डल्लाकोटीले गर्नेछन । १० गते स्थानीय टोल विकास संस्थाका आमा समुहहरुबीच रोमाञ्चक तथा स्थानीय कलाकारबाट सांस्किृतिक कार्यक्रम गरिने भएको छ । यस्तै बैशाख ११ गते वद्री पंगेनीबाट बिशेष सास्कृतिक कार्यक्रम, १२ गते पूर्व शिक्षामन्त्री अर्जुननरसिंह केसीबाट समारोहको समापन गरिने कार्यक्रम रहेको छ।
बिद्यालयको प्रगतिबारे जानकारी दिदै विद्यालयका अध्यक्ष एवं समारोहका संयोजक बैकुण्ठराज पौडेलले स्वर्णमहोत्सव सफल बनाउन सबैलाई सहभागिताको लागि अपिल गरे । महोत्सव सम्पन्न गर्न करीब ४० देखि ५० लाख खर्च हुने अनुमान गरिएको छ ।
सो विद्यालयमा अध्ययन अध्यापनको कार्य २०२५ सालबाट शुरु भएको थियो । हाल विद्यालयमा माध्यमिक तह सम्मको अध्ययन अध्यपान हुदै आएको छ । विद्यालयमा ३०० विद्यार्थीहरु अध्ययनरत छन ।
तपाइँको प्रतिक्रिया