कम्तीमा केही घण्टाको लागि एथ्लेटिकोले बार्सिलोन सँग अंक दुरी घटायो

बैशाख ७ – एइबारलाई पराजित गर्दै एथ्लेटिको मड्रिडले कम्तीमा केही घण्टाको लागी शिर्ष स्थानको बार्सिलोना सँग अंक दुरी घटाएको छ । स्पेनिस ला लिगा अन्तर्गत भर्खरै सम्पन्न खेलमा एइबरलाई १-० ले पराजित गर्दै कम्तीमा केही घण्टाको लागी अंक दुरी घटाएको हो ।
एइबरको मैदानमा भएको खेलमा पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । एथ्लेटिकोलाई गोल गर्न अन्तिम समय सम्म संघर्ष गर्नुपरेको थियो । खेलको ८५औं मिनेटमा थोमस लेमारले गोल गरे। उक्त गोल नै खेलको निर्णायक गोल बन्यो ।
जित पछी दोस्रो स्थानमा रहेको एथ्लेटिको ३३ खेलबाट ६८ अंक भएको छ । बार्सिलोनाको खेल पनि आजै भएकोले कम्तीमा केही घण्टाको लागि बार्सिलोना र एथ्लेटिको बिचको अंक दुरी ६ मा झरेको छ । एइबर भने समान खेलबाट ४० अंकका साथ १३ औं स्थानमा रहेको छ ।(एजेन्सी)


तपाइँको प्रतिक्रिया