देश सुशासन र सम्वृद्धीतर्फ अघि बढ्योः प्रधानमन्त्री ओली

बिजय चालिसे,बैशाख, ०७, कावासोती । पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा एकीकृत कार्यालय शिलान्यास गरिएको छ । निकै तामझामका साथ गरिएको कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले एकीकृत कार्यालयको शिलान्यास गर्नु भएको हो ।
एकीकृत कार्यालय शिलान्यसा कार्याक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकमा सुशासन र विकासको मार्गमा अघि बढेको बताउनुभयो ।
विकास निर्माणको काम तीब्र गतिमा अघिबढिरहेको उल्लेख गर्दै उहाँले केहि दिनअघि मात्र शिलान्यास गरिएको पूर्व पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक खण्डमा काम तीब्र गतिमा अघि बढेको बताउनुभयो ।
त्रिवेणी कोरला सडक खण्डको काम पनि धमाधम भैरहेको तथा पोखराको क्षेत्रवीय अन्तराष्ट्रिय बिमानस्थलको रनवे को काम पनि सकिएको भन्दै प्रधामन्त्री ओलीले अब विकास निर्माणकै कामले गति लिने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले समग्र देशमा भैरहेका विकास निर्माणका कामले द्रुत गति लिएको बताउदै कुनै पनि नागरिकलाई शिक्षा र स्वास्थ्यको अवसरबाट वञ्चित हुन नदिने ठोकुवा गर्नुभयो । दुर्गम क्षेत्रमा रहेका महिलाहरु सुत्केरी हुने बेलामा उपचार नपाएर ज्यान जाने अवस्था अब सधैका लागि अन्त्य गरिने बताउनुभयो । उहाले भन्नुभयो–‘अब कोही पनि महिलाले अकालमै ज्यान गुमाउनु पर्दैन प्रत्येक ठाउमा हेलिकप्टरबाट उद्वार गरेर अस्पताल पु¥याईन्छ । ’
हाल भर्ना अभियान चलिरहेकाले कोहिपनि बालबालिका बिद्यालयको पहंँुच बाहिर हुन नहुने भन्दै उहाले भन्नुभयो– ‘तपाईहरुका छिमेकमा पनि बिद्यालय नगएका बालबालिका छन् भने विद्यालयसम्म पु¥याउने वातावरण सिर्जना गर्नु हामी सबैको कर्तव्य हो ।’
विद्यार्थी भर्ना अभियान सफल बनाउन सबै सरोकारवाला निकायलाई उहाँले निर्देशन समेत दिनुभयो । जेष्ठ नागरिकलाई निशुल्क एकलाख बिमा, यसैवर्ष ४ सय झोलुङ्गे पुल निर्माण, ८ सय किलोमिटर सडक कालोपत्रे लगायतका काम भैसकेको भन्दै सबैले एकतावद्व भएर अघि बढे सम्वृद्वी आफ्नै आँखा अगाडी देखिने बताउनुभयो ।
नवलपुर सम्भावनाको खानी भएको भन्दै देशकै सबैभन्दा ठुलो फलामखानी नवलपुरमै रहेकाले यसलाई छिटो भन्दा छिटो सञ्चालनमा ल्याउने दावी गर्नुभयो । उहाले फलामखानी सञ्चालनमा ल्याएर यहाका बेरोजगारहरुलाई रोजगारमात्र दिने नभै समग्र देशको अर्थतन्त्रमा ठुलो योगदान पु¥याउनेमा आफु विश्वस्त रहेको बताउनुभयो । उहाले रेलको सर्वे पनि सकिएकाले पुर्वपश्चिम रेल गुडाउने र गण्डकी र कोशीमा पानी जहाज चलाएरै छाड्ने दावीसमेत गर्नुभयोे ।
कार्यक्रममा प्रधानमन्त्री ओली कुनै पनि राजनीतिक विषय उठाउनु भएन । उहाँले विकाश निर्माणमा देशले गति लिएको प्रसंग दोहोर्याउनुभयो ।
उद्घाटन कार्याक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले देश भ्रष्टा«चारले आक्रान्त बनेको भन्दै नवलपुर जिल्लामा बन्न लागेको नम’ना सरदमुकाममा काम गने कर्मचारी र जनप्रतिनिधिहरुले समेत भ्रष्टाचार नगरी नमुना जिल्लाको रुपमा नै स्थापित गर्न आग्रह गनुभयो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले प्रदेश सरकारले २ हजार मेगावाट विद्युत उत्पादन गर्ने र कालिगण्डकी कोरीडोर निर्माण जस्ता राष्ट्रिय योजनाहरु निर्माण गर्न संधिय सरकारले सहयोग गर्न आग्रह गर्नुभयो ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले समायोजनमा जान नचाहाने कर्मचारी राज्यलाई आवश्यक नभएको बताउनुभयो । हाईटेक प्रबिधिबाट समायोजनको एक चरणको काम सकिएको भन्दै मन्त्री पण्डितले भन्नुभयो–‘ आफु अनुकुल जागिर खान खोज्ने कर्मचारी राज्यलाई पनि आवश्यक छैन त्यसैले जनताको सेवा गर्ने कर्मचारी भए सरकारले जहा पठायो त्यहा गएर जनताको काम गर्नुपर्दछ, सुगम ठाउ मात्रै खोज्ने कर्मचारी अब राज्इलाई चाहिदैन ।,
भुमि व्यबस्था तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले भुमीहीनहरुलाई भुमीको व्यावस्थापन र अव्यावस्थित बसोवास भएकालाई व्यावस्थित बनाउन संसदमा विधेक दर्ता गराएको बताउदै विद्येक पास हुन साथ सबैको हातमा लालपुर्जा हुने बताउनु भयो । यस्तै उहाँले मनसुभा आयोगको प्रतिवेदन समेत शिध्र कार्यन्वय हुने कुरामा जोड दिनुभयो ।
शिलन्यास कार्यक्रममा प्रतिनिधिसभा सदस्य तिलक महतले जनताले नवलपुर विकासका लागी जनस्तरबाट आएका गनासाहरु प्र्रधानमन्त्री के पि. शर्मा ओलीलाई हस्तान्तरण गर्नु भएको थियो । गण्डकी प्रदेशसभा प्रमुख प्रतिपक्षी दलका नेता कृष्ण चन्द्र नेपाली, नेकपाका महासचिब एवं पुर्व अर्थमन्त्री बिष्णु पौडेल, गण्डकी प्रदेशका सासद, पूर्व सांसद तथा सभासद, स्थानिय तहका प्रमुखहरु, सरकारी कार्यालयका प्रमुखको समेत उपस्थित रहेको शिलन्यास कार्यक्रममा कावासोती नगरपालिकाकी प्रमुख चन्द्र कुमारी पुनले स्वागत मन्तव्य राख्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया