पन्जाब बिरुद्द सन्दिपले लिए ३ महत्वपुर्ण विकेट

बैशाख ७ – दिल्ली क्यापिटल्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल) खेलिरहेका नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले किंग्स एलेभेन पन्जाव बिरुद्दको खेलमा ३ विकेट लिएका छन् । पन्जाव र दिल्ली बिच जारी खेलमा सन्दिपले ३ विकेट लिएका हुन् ।
आफ्नो पुरै ४ ओभर बलिङ गरेका सन्दिपले ४० रन खर्चिएका छन् । सन्दिप केही महँगो भए पनि उनले ३ महत्वपूर्ण विकेट लिए । उनले के एल राहुल, क्रिस गेल र साम करणलाई पेभिलियनको बाटो देखाए ।
दिल्लीको दोस्रो ओभरमा आफ्नो पहिलो ओभर बलिङ गरेका सन्दिपले चौथो बलमा नै विकेट लिए । उनले आफ्नो पहिलो ओभरको चौथो बलमा के एल राहुललाई पेभिलियन फर्काए ।
सन्दिपले ब्यक्तीगत तेस्रो ओभरमा सन्दिपले महत्वपूर्ण २ विकेट लिए । उनले ओभरको दोस्रो बलमा आक्रमक ब्याटिङ गरिरहेका गेललाई अक्षर पटेलको हातबाट क्याच गरौउदै पेभिलियनको पाटो देखाए । सोही ओभरको अन्तिम बलमा सन्दिपले अर्को विकेट लिए । उनले करणलाई पेभिलियन फर्काए ।
तपाइँको प्रतिक्रिया