बरुवा र नयाँ बस्ती बिजयी
माडी, बैशाख ७ – स्टार स्पोर्टस् क्लब बरुवा र नयाँ बस्ती फुटबल क्लब बसन्तपुरमा जारी माडी गोल्डकप फुटबल प्रतियाोगिता दोश्रो चरण प्रवेश गरेका छन् ।प्रतियोगिता अन्तर्गत शनिवारको सम्पन्न खेलहरुमा जित हात पार्दै बरुवा र नयाँ बस्ती दोस्रो चरणमा प्रवेश गरेका हुन् ।
शनिबारको पहिलो खेलमा पहिलो खेलमा अभिषेक चर्च रजहरलाई स्टार स्पोर्टस् क्लब, बरुवाले २-० पराजित गर्यो । खेलको म्यान अफ द म्याच स्टार स्पोर्टस् क्लबका विश्वास श्रेष्ठ घोषित भए । यस्तै शनिबारकै दोश्रो खेलमा जुनियर पुलिस अफिसर्स कलेजलाई १-० ले पराजित गर्दै नयाँ बस्तीले दोस्रो चरणमा स्थान बनाएको हो । उक्त खेलको म्यान अफ द म्याच नयाँ बस्ती फुटबल क्लबका दिपेश गुरुङ घोषित भए ।
प्रतियोगिता अन्तर्गत आइतबार भरतपुर फुटबल क्लब भरतपुर र ठोरी स्पोर्टस् क्लबबिच क्वार्टरफाइनल चरणको पहिलो खेल हुनेछ । चितवन, नवलपुर, मकवानपुर, पर्सा र तनहूँका गरी १६ वटा क्लबहरुको सहभागीता रहेको सो प्रतियोगिताको बिजेताले रु २ लाख तथा उपबिजेताले १ लाख सहित ट्रफी प्राप्त गर्नेछ ।
तपाइँको प्रतिक्रिया