चितवनका रासस प्रमुख अधिकारी सम्मानित

बैशाख ७, चितवन ।चौबीसौं वन्यजन्तु सप्ताहको समापनका अवसरमा राष्ट्रिय समाचार समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी सम्मानित हुनु भएको छ। वन्यजन्तु एवं संरक्षण क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै अधिकारीलाई सम्मान गरिएको हो ।
हरेक वर्ष वन्यजन्तु सप्ताहको समापनका अवसरमा एक जना पत्रकारलाई सम्मान गरिदै आएको छ । सोही क्रममा चितवनमा रहेर अधिकारीले झण्डै दुई दशक देखि वन, वन्यजन्तु र जैबिक विविधता सम्बन्धि विभिन्न समाचारहरु मार्फत जनचेतना अभिबृद्धि गरी वन्यजन्तु र जैविक विविधता संरक्षणमा बिशेष योगदान पुर्याएको भन्दै आज एक समारोहका बीच उहाँलाई सम्मान गरिएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागले यस अबसरमा दुई जना संरक्षण कर्मीहरुलाई पुरस्कृत समेत गरेको छ । सो अवसरमा कञ्चनपुरका संरक्षण कर्मी पुस्कर वहादुर सिंहलाई वन्यजन्तु संरक्षण पुरस्कार र ललितपुरका मुकेश कुमार चालिसेलाई राष्ट्रिय वन्यजन्तु संरक्षण पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय निकुञ्ज विभाग अन्तर्गत बिभिन्न कार्यालयहरुमा रहेर संरक्षण क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कर्मचारीहरु, मध्यवर्ती क्षेत्रका प्रतिनिधि, दातृ निकायका प्रतिनिधिहरुलाई पनि सम्मान गरिएको थियो । सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्ण प्रसाद ओली र पूर्ब सचिबहरुले पुरस्कार बितरण एबं सम्मान गर्नु भएको थियो । कार्यक्रममा ओलिले वन र वन्यजन्तु संरक्षणमा सबै एक जुट भएर लाग्नु पर्ने बताउनु भयो ।
समापन समारोहमा नेपाल सरकारका पूर्ब सचिब डा. स्वयम्भुमान अमात्य, पूर्ब महानिर्देशक बिश्वनाथ उप्रेती, संरक्षण कर्मी प्रा.डा. मुकेश कुमार चालिसे, पुस्कर वहादुर सिंह, निकुञ्ज विभागका महानिर्देशक मनवहादुर खड्का, उपमहानिर्देशक गोपाल प्रकाश भट्टराई लगाएतले बोल्नु भएको थियो ।
कार्यक्रममा लामटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका चराहरु, वर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका चराहरु बिषयक पुस्तक, नेपालका संरक्षीत क्षेत्रमा जैबिक विविधता संरक्षण तथा वेवस्थापन र अपिनम्पा संरक्षण क्षेत्रको जैबिक विविधता प्रोफाईलको लोकापर्ण गरिएको थियो ।
यस्तै वन्यजन्तु मैत्री सडक संरचनाको नमुनाको सार्वजनिकि करण र बन्यजन्तु मैत्री सडक संरचनाको नमुना हस्तान्त्रण गरिएको थियो । वन्यजन्तु सप्ताहका अवसरमा आयोजित बिभिन्न कार्यक्रमहरुमा उत्कृष्ठ हुनेहरुलाई सम्मान समेत गरिएको थियो ।
तपाइँको प्रतिक्रिया