ओली नेतृत्वको सरकार फर्सी जस्तै आफैं कुहिएर झर्छ – लेखक

काठमाडौं, बैशाख ७ – नेपाली कांग्रेसका नेता रमेश लेखकले ओली नेतृत्वको सरकार फर्सी जस्तै आफैं कुहिएर झर्ने टिप्पणी गरेका छन् । उनले सरकारको एक वर्षमै पूर्ण रुपमा असफल भएको दाबी फर्सी जस्तै कुहिएर जाने बताएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले सरकार बनेको १४ महिना बितिसक्दा पनि जनताले अनुभुती गर्ने कुनै काम नभएको आरोप लगाएका छन् । उनले अहिले कुनै ठोस उपलब्धी नदेखिएको भन्दै तर सरकार काम गर्न भन्दापनि गफ र भाषण दिनमै ब्यस्त रहेको बताएका छन् ।
निर्मला पन्तको बलात्कारपछि हत्या भएको ९ महिना बितिसक्दापनि सरकारले अपराधी पत्ता लगाएर कारबाही गर्न नसकेको भन्दै उनले सरकार शान्ति, सुरक्षा कायम गर्न असफल भएको दाबी गरेका छन् । यस्तै उनलेविकास निर्माणमा पनि सरकार असफल भएको उनको आरोप छ । विकासको गति अहिले शून्यमा रहेको भन्दै उनले भने, ‘पुँजीगत खर्चमा त सरकार सर्वाधिक असफल भएको छ ।’


चीनबाट र भारतबाट रेल आउँछ भनेर सरकारले जनतालाई कल्पनामा बगाउने काम गरेको उनको आरोप छ । ‘भारत र चीनबाट कति वर्षमा रेल आउँछ भन्ने कुरा हामीलाई पनि थाहा छ तर यहाँ त भोलि विहानै काठमाडौंमा रेल आउँछ जसरी भाषण गर्ने काम भइरहेको छ – उनले भने ।
तपाइँको प्रतिक्रिया