यस पटक बालोन डि ओेर मेस्सीले नै जित्नेछन् – मोउरिन्हो

बैशाख ७ – क्लब म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक जोसे मोउरिन्होले बर्सिलोनाका अर्जेन्टाइन स्टार लियोनल मेस्सी सन् २०१९ को बालोन डि‘ओर अवार्डको प्रमुख दाबेदार भएको बताएका छन् छन् । उनले क्रिष्टियानो रोनाल्डो पनि यसको दाबेदार भए पनि युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिसकेकोले अब मेस्सी यसको मुख्य दाबेदार भएको बताएका हुन् ।
उनले बालोन डि ‘ओरको मुख्य आधार च्याम्पियन्स लिग नै भएको बताएका छन् । ‘च्याम्पियन्स लिग बालोन डि‘ओरको मुख्य आधार हो,मेस्सी यसमा अहिले पनि छन् तर रोनाल्डो बाहिरोसके उनले भने यस पटक मेस्सीले नै यो अवार्ड जित्नेछन् ।
यस्तै उनले च्याम्पियन्स लिगमा लिभरपुल सँग खेल मेस्सीको लागि परिक्षा भएको समेत बताएका छन् । उनले अहिले सम्म मेस्सीले आफ्नो टिमलाई सेमिफाइनलमा पुराएको बताउदै च्याम्पियन्स लिग पनि जिताए उनले ब्यक्तीगत अवार्डहरु उनले पाउने विश्वास ब्यक्त गरे ।


उनले यो सिजन मेस्सीलाई कसैले पनि रोक्न नसक्ने बताएका छन् । मेस्स्सीले अहिले सम्म सानदार प्रदर्शन गरेको उनको भनाई रहेको छ । उनले मेस्सीको लागि यो सिजन सुखद हुने पनि बताएका छन् ।(एजेन्सी)
तपाइँको प्रतिक्रिया