भरतपुर अस्पतालमा ६ जनाद्धारा मरणोपरान्त अंगदानको घोषणा, उपाध्याय कान्छो अंगदाता

वैशाख ७, चितवन ।
भरतपुर अस्पतालमा सुरु भएको मरोणोपरान्त अंगदान कार्यक्रममा ६ जनाले अंगदान गरेका छन । सनिवार २१ वर्षका चन्द्र प्रकाश उपाध्यायले मरणोपरान्त अङ्गदान गरेसँगै अंगदान गर्नेको संख्या ६ पुगेको हो । उनि भरतपुर अस्पतालमा सबै भन्दा कम उमेरका अङ्गदाता बनेका छन । उपाध्ययले आफ्नो २१ औं जन्मदिनको अवसरमा अंगदान गरेका हुन ।
उनले मृत्युपश्चात् मुटु, मिर्गौला, फोक्सो, कलेजो लगायतका अंगदान गर्ने मञ्जुरीनामा दिएका छन् । मृत्युपछि त्यसै माटोमा मिसिने शरीरका अंग दान गर्न पाउँदा खुशी लागेको उनले बताए ।
प्रायः बुढेसकालमा अङ्गदानको बारेमा मानिसहरुले सोच्ने गरेको भन्दै कसैलै नयाँ जिवन पाउने पुन्य काममा ढिलो गर्न नहुने भन्दै अंग दान गरेको उनले बताए । जुम्ला घर भएका उपाध्यय भरतपुरको सप्तगाण्डकी कलेजमा आमसंञ्चार तथा पत्रकारीता विषयमा तेस्रो बर्षमा अध्यनरत छन् ।
भरतपुर अस्पतालका सुचना अधिकारी गोपाल पौडेलका अनुसार हालसम्म ६ जनाले मञ्जुरी दिएका छन् । त्यस मध्येका सबै भन्दा कम उमेरका मरोणोपरान्त अंगदान गर्ने व्यक्ति उपाध्याय बनेका छन ।
उनि बाहेकका ५ जना ५० वर्ष उमेर माथिका छन् । गएको चैत्र ६ गते प्रदेश सांसद विजय सुवेदिले जन्मदिनको अवसर पारी भरतपुर अस्पतालमा मरोणोपरान्त अंगदानको घोषणा गरी अंगदान कार्यक्रमको सुरुवात गरेका थिए ।
तपाइँको प्रतिक्रिया