उपाधीमा एक कदम अघी बढ्ने दाउमा बार्सिलोना

बैशाख ७ – स्पेनिस ला लिगामा आज राती लिग लिडर बार्सिलोना र रियल सोसिडाड आमने सामने हुँदैछन् । तालिकाको शिर्ष स्थानमा रहेको बार्सिलोना र १० औं स्थानमा रहेको सोसिडाड बिचको खेल नेपाली समयअनुसार राती १२:३० बजे हुनेछ । खेल सोसिडाडको घरेलु मैदानमा हुनेछ ।
ला लिगामा अब ६ खेल मात्र बाँकी रहेको अवस्थामा बार्सिलोना लिगको उपाधीको निकै नजिक रहेको छ । आजको खेलमा जित हात पार्न सके बार्सिलोनाले उपाधीमा १ कदम अघी बढाउनेछ । बार्सिलोनाले अहिले ३२ खेलबाट ७४ अंक रहेको छ । उ दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा ९ अंकले अघी रहेको छ । एथ्लेटिकोको समान खेलबाट ६५ अंक रहेको छ ।
आजको खेलमा जित हात पारे बार्सिलोनाको ३३ खेलबाट ७५ अंक हुनेछ । यसले उसलाई झनै उपाधी नजिक पुराउनेछ । आजको खेलमा स्पष्ट ३ अंक जोड्न नसके पनि बार्सिलोनाको उपाधी होडमा कुनै असर पर्ने भने छैन । बार्सिलोनालाई उपाधी जित्नका लागि बाँकी ६ मध्य ३ खेलमा जित निकाले पर्याप्त हुनेछ ।
उता सोसिडाड भने कम्तीमा अन्तिम १० भित्र रहदै लिग अन्त्य गर्ने दाउमा रहेको छ । सोसिडाड आज आफ्नै मैदानमा हुने खेलमा जित हात पार्दै अंक तालिकामा सुधार गर्ने योजनामा रहेको छ । उसको ३२ खेलबाट ४१ अंक रहेको छ ।आज राती नै एइबर र एथ्लेटिको मड्रिड, रायो भालेकानो र हुएस्का तथा लेभान्टे र एस्पान्योल बिच पनि खेल हुनेछ । (एजेन्सी)
तपाइँको प्रतिक्रिया