सिर्जना स्कुलका अच्युतले पाए न्याय, पुनर्योग पछि बने महानगर प्रथम

भरतपुर, बैशाख ७ – सिर्जना स्कुलका अच्युत गौतम कक्षा आठको स्थानीय तह परिक्षामा भरतपुर महानगर प्रथम भएका छन । परीक्षकको गल्ती पुनर्योग मार्फत माहानगरले सच्याउदा उनि प्रथम बनेका हुन । देश संघीयतामा गयो। पहिलोपटक स्थानीय तहले कक्षा आठको परिक्षा स्थानीय तह परिक्षाको रुपमा लिने भए ।
भरतपुर महानगरपालिकाले आफ्नो माताहतका १५१ बिधालयका बिद्यार्थीहरु सम्मिलित हुनेगरी परिक्षा लिने भयो । गत चैत १२ गते देखि २० गतेसम्म संचालित परिक्षामा महानगरका सयौं बिद्यार्थीहरुको उत्साहजनक सहभागिता रह्यो । जब नतिजा प्रकाशन भयो वाल्मीकि स्कुल र पोलार स्टार स्कुललाई निजि क्षेत्रका प्रथम भनी नतिजा प्रकाशित गर्यो । यता सिर्जना स्कुलका अच्युत गौतमलाइ भने बज्रपात पर्यो ।
परिक्षा हुदैगर्दा उच्चतम जिपिए आउँछ भनी ढुक्क देखिएका उनी ततिजापछि भने निराश देखिए । गणित विषयको प्रश्नपत्र सबै हल गरेका उनले पत्याउनै नसकिने गरि ८८ नम्बर हाशिल गरेको लेजर आयो । नतिजा घोषणापछि बिधालय तथा उनको परिबारले पुनर्योगको निवेदन दिने निर्णय गर्यो । करिब २ हप्ताको अन्योलपछि महानगरले परिक्षकको गल्ती सच्यायो र नतिजा अच्युत गौतम अनि सिर्जना स्कुलको सिङो परिबारको पक्षमा आयो र उनी ४ जिपिए ल्याएर महानगरको प्रथम घोषित भए ।
पढाइ अनि अतिरिक्त क्रियाकलापमा सधै अब्बल अच्युत गौतम २०७५ सालको बिबेकानन्द ज्ञान परिक्षामा ५० वटा सोधिएको प्रश्नमा पचास ओटै उत्तर मिलाएर क्षेत्रीय बिजेता बनेका थिए । ढिलै भएपनी महानगर प्रथम बनेका उनलाइ हाम्रो हार्दिक बधाई ।
तपाइँको प्रतिक्रिया