नेपालको सबैभन्दा ठूलो शब्दकोष ‘नेपाली शब्दसागर’ का लेखक शर्माको निधन

काठमाडौं, बैशाख ७ – नेपालको सबैभन्दा ठूलो शब्दकोष ‘नेपाली शब्दसागर’ का लेखक साहित्यकार वसन्तकुमार शर्माको निधन भएको छ ।शर्माको ९७ वर्षको उमेरमा काठमाडौंको चाबहिलस्थित निवासमा शनिबार दिउँसो २ बजे निधन भएको हो।
उनको शव साँझ ६ बजेसम्म पशुपति आर्यघाटमा श्रद्धाञ्जलीका लागि राखिने बताईएको छ ।शर्माले नेपालको सबैभन्दा ठूलो शब्दकोष ‘नेपाली शब्दसागर’ सहित दर्जनौँ पुस्तक लेखेका छन् । लेखक शर्म्माका श्रीमती, चार छोरा र तीन छोरी छन्।
विसं १९७९ को चैतमा जन्मिएका शर्माले नेपाली सहित्य र शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका छन् । शर्माले लामो समय नेपाल भाषा प्रकाशिनी समिति र भाषानुवाद परिषद्मा काम गरेका थिए । अनुवादमा विशेष योगदान पुर्याएका शर्माले नै महाभारतको गद्य अनुवाद गरेका हुन् । शर्मा नेपाल स्काउट र फुटबल संघका संस्थापक हुन् ।


तपाइँको प्रतिक्रिया